उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

सारांश

  • काठमाडौं।
  •  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ ।
  • अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ ।

अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर आज उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो ।

फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए।

मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए। अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए।

अनुगमन टोलीले मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गरायो। अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ ।

अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिई ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए ।

अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताए। “गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छ”, अर्का टोलीका संयोजक सागर दाहालले जानकारी दिए।

छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आज गरिएको अनुगमनलाई निरन्तरता दिने बताए। मन्त्री बस्नेतले विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेलाई औषधि विभागमा पठाउन महानिर्देशक ढकालाई निर्देशन दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ANS President Meets Senator Warner, requests to help Nepal
ANS President Meets Senator Warner, requests to help Nepal
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
एउटै गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !
एउटै गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना
फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल

तपाईंले छुटाउनुभयो कि?