नेपाली सिनेमा जगतको स्तरबृद्धि आवश्यक छ : छविराज ओझा
सारांश
- काठमाडौं ।
- नेपाली रजतपटका स्थापित निर्माता छविराज ओझाले विश्वस्तरमा निर्माण हुने चलचित्रहरुसँग प्रतिस्पर्धा गरी नेपाली सिनेमा बचाउन स्तरबृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
- कान्तिपुर फिल्म एकेडेमीले दाङमा सञ्चालन गरेको चलचित्र निर्माण सम्बन्धी आधारभूत कार्यशाला गोष्ठी उद्घाटन गर्दै ओझाले यस्तो बताएका हुन् ।
काठमाडौं । नेपाली रजतपटका स्थापित निर्माता छविराज ओझाले विश्वस्तरमा निर्माण हुने चलचित्रहरुसँग प्रतिस्पर्धा गरी नेपाली सिनेमा बचाउन स्तरबृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । कान्तिपुर फिल्म एकेडेमीले दाङमा सञ्चालन गरेको चलचित्र निर्माण सम्बन्धी आधारभूत कार्यशाला गोष्ठी उद्घाटन गर्दै ओझाले यस्तो बताएका हुन् ।
दङ्गाली चलचित्र निर्माता तथा निर्देशक गणेश बेलबासेको निर्माणाधीन चलचित्र “प्रेमनाथ”का लागि समेत कलाकारहरु उत्पादन गर्ने उद्देश्यले एकहप्ते अभिमुखीकरण कार्यक्रममा दाङ आएका ओझाले चलचित्रसम्बन्धी सोच्न, बुझ्न र प्रविधिको प्रयोगबारे कार्यशाला उपयोगी हुने बताए । पूर्वी नेपालको बिर्तामोडदेखि शुरु गरिएको अभियानमा अभिनय, सिनेमाटोग्राफी, अभिनयका बिषयमा प्रशिक्षण दिइने ओझाले बताए ।
“फिल्म मेकिङ पढ्न भारत जानुपर्ने बाध्यता हटेको छ”, नेपालमै डेढ लाखमै एक बर्षे कोर्ष गर्न सकिन्छ । भारतमा त्यही कोर्षको गर्न १७ लाख भारतीय रुपैयाँ पर्छ”, ओझाले भने । आफूले निर्माण गरेको “युगदेखि युगसम्म” चलचित्रको सुरुवातदेखि हालसम्म चलचित्र निर्माणमा जमिन आशमानको फरक भएको भन्दै फिल्म लाइनमा आउँदा बुझेर मात्र आउन ओझाले सुझाव दिए ।
नेपाली फिल्म इन्डस्ट्रीमा राजेश हमालदेखि अनोल केसीसम्म आइपुग्दा चलचित्र निर्माणमा लगानी बढेको तर लगानी अनुसार प्रतिफल भने प्राप्त नभएको उनको टिप्पणी थियो । “बक्स अफिसको स्थापनाले चलचित्र क्षेत्रमा मेरो यति लगानी, उति लगानी भन्नेहरुको दिन गए”, ओझाले भने, “बक्स अफिसको स्थापना भएसँगै अब लगानी र मुनाफा वा घाटा सबै छर्लङ्ग हुनेछ ।” बर्षेनी लगभग सयको हाराहारीमा चलचित्रहरु निर्माण हुने भएतापनि करीब १० वटा चलचित्रहरुले मात्र लगानी उठाउने वा नाफामा जाने अवस्था छ ।
२०४६ सालदेखि हालसम्म आउँदा कुनै पनि कलाकारहरुमा लिजेन्डरी हिरोइज्म नपाइएको भन्ने सवालमा राजेश हमालले करीब २० बर्ष नेतृत्व दिएको दावी गर्दै नीर शाह, करिश्मा मानन्धर जस्ता लिजेन्डरी क्यारेम्क्टरहरु नेपाली फिल्म इन्डस्ट्रीमा रहेको बताए ।
प्रतिक्रिया