ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन

सारांश

  • काठमाडौं।
  • भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी, नेपालमा पनि प्रभाव पर्न सक्ने भएको छ।
  • शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ।

काठमाडौं। भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी, नेपालमा पनि प्रभाव पर्न सक्ने भएको छ। शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ।फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ। ओडिशाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान र रेलसेवा बन्द गरिएको छ।

समुद्री आँधीबाट प्रभाव पर्ने स्थानका दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ। सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो।

भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?