रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
सारांश
- सुक्खा पहिरोका कारण रसुवागढी जलविद्युत आयोजनाको एउटा सुरूङमा थुनिएका १७ जना कामदारको करिब १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।
- निर्माणाधिन उक्त जलविद्युत आयोजनाको गोसाइकुण्ड गाउँपालिका(२ स्थित तातोपानी क्षेत्रको सुरूङमा ती कामदार थुनिएका थिए।
- आयोजनाले परीक्षणका लागि बनाएको सुरूङ(४ मा कामदार थुनिएको र उनीहरूको सकुशल उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बीबीसीलाई बताए।
सुक्खा पहिरोका कारण रसुवागढी जलविद्युत आयोजनाको एउटा सुरूङमा थुनिएका १७ जना कामदारको करिब १२ घण्टापछि सकुशल उद्धार गरिएको छ। निर्माणाधिन उक्त जलविद्युत आयोजनाको गोसाइकुण्ड गाउँपालिका(२ स्थित तातोपानी क्षेत्रको सुरूङमा ती कामदार थुनिएका थिए। आयोजनाले परीक्षणका लागि बनाएको सुरूङ(४ मा कामदार थुनिएको र उनीहरूको सकुशल उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बीबीसीलाई बताए। भण्डारीका अनुसार उद्धार हुनेमा ११ जना नेपाली र छजना चिनियाँ कामदार छन्। उनीहरू कसैलाई पनि चोटपटक नलागेको बताइएको छ।
भण्डारीका अनुसार बिहीवार बेलुका करिब आठ बजेतिर आएको सुक्खा पहिरो खस्दा उक्त सुरूङको प्रवेशद्वारतर्फको बाटो बन्द भएको थियो। “हामीले सुरूङमा मानिसहरू थुनिएको थाहा पाउने बित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन र्गयौँ।“, उनले भने, “राती बिजुली वा अन्य खाले उज्यालोको व्यवस्था नभएकाले उद्धार गर्न सकिएन। बिहान पाँच बजेदखि उद्धार शुरु गरेर उहाँहरूलाई सकुशल निकालियो।“
सुरूङबाट उद्धार गरिएकाहरूलाई स्वास्थ्यकर्मीहरूको टोली झिकाएर घटनास्थल नजिकै सुरक्षित स्थानमा स्वास्थ्य परीक्षण गराइएको भण्डारीले जानकारी दिए।
उद्धारका लागि करिब ४० जना सुरक्षाकर्मी सम्मिलित टोली खटिएको थियो। उक्त आयोजनामा कार्यरत चिनियाँ प्राविधिकहरूको सहायताले उद्धारमा सजिलो भएको भण्डारीले जानकारी दिए।
“सुक्खा पहिरो भएकाले पनि अलि सजिलो भयो। हिलो पहिरो भएको भए निक्कै कठीन हुने थियो“, प्रजिअ भण्डारीले भने, “सुक्खा पहिरो त अहिले पनि गइरहेको देखिन्छ।“ बिबिसीबाट
सानोमनमा आयुष्मान र शिल्पाको प्रेम
काठमाडौं । यही असार २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सानो मन’मा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रेम देखाइएको छ । केही दिन अघि सार्वजनिक ट्रेलरमा यो जोडीको प्रेम उतारिएको छ । प्रेम र रोमान्सले भरिएको ट्रेलरमा आयुष्मान र शिल्पा मास्केको प्रेममा आउने उचारचढाबलाई प्रस्तुत गरिएको छ ।
यो चलचित्रको यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा यो ट्रेलर आएको हो । यसले पनि चर्चा पाउने विश्वास निर्माण पक्षले लिएको छ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायत कलाकारको अभिनय छ । यो चलचित्र सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार भएको हो । यस चलचित्रको ट्रेलरबाट लभस्टोरी चलचित्र रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास निर्माण पक्षको छ ।
चलचित्रको एक गीत थाइल्याण्डको पतायाको समुद्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायत ठाउँमा छायांकन भएको यस चलचित्रका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धर हुन् । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा चलचित्र बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समीर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको चलचित्र आलोक शुक्लाले खिचेका हुन् ।
नेपाल चीन रेल्वे बैठकमा चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ । बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो ।
चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ । चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ ।
दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी सामना गर्ने भन्नेमा तयारी हुनुपर्ने र तेस्रो बुँदामा भौगर्भिक प्रकोपबाट उत्पन्न चुनौती न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै चौथो बुँदामा रेलवेको सुरक्षामा अपनाउनुपर्ने उपायबारे अझै छलफल हुनुपर्ने र पाँचौं बुँदामा पर्यावरणमा पर्ने असर न्यूनीकरणमा वैज्ञानिक र प्राविधिक अध्ययन जरुरी भएको उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।
प्रतिक्रिया