भारतका कारण नेपालमा बाढी : रावल

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भारतका कारण नेपालमा बाढी : रावल

सारांश

  • काठमाडौं।
  •  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतले बाँधेको तटबन्धका कारण नेपालले बाढीको सामना गर्नु परेको आरोप लगाएका छन् ।
  • भारतीय राजदूत समेत उपस्थित रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले उपाध्यक्ष रावलले भारतले नदीहरुमा बाँध बाध्दा वर्षामा नेपालले ठूलो समस्या बेहोर्ने गरेको दाबी गरे ।

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतले बाँधेको तटबन्धका कारण नेपालले बाढीको सामना गर्नु परेको आरोप लगाएका छन् ।

भारतीय राजदूत समेत उपस्थित रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले उपाध्यक्ष रावलले भारतले नदीहरुमा बाँध बाध्दा वर्षामा नेपालले ठूलो समस्या बेहोर्ने गरेको दाबी गरे । उनले बाँधका ढोका खोल्न नेपालको पटक पटकको आग्रहको भारते वेवास्ता गर्दै अमानवीय व्यवहार प्रदर्शन गरेको बताए ।

रावलले १९५० का सन्धिसम्झौता पुनरावलोकन हुनुपर्ने एमालेको अडान रहेको स्पस्ट पारे ।

नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले भारतीय वाँधका कारण नेपाली जनाताले दुःख पाएको बताए ।

राजपाका नेता हृदयेश त्रिपाठीले तराईको डुवानमा भारतको मात्र दोष नभएको तर्क गरे । उनले नेपालको पानीको सदुपयोग नभएको बताए । उनले पानी स्टोर गरेर भारतलाई बेच्नु पर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?