तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
४० पटक हेरिएको
Shares
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा

सारांश

  • काठमाडौँ ।
  • नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ ।
  • पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ ।

पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टी भएको छ । मिटरब्याजसम्बन्धी कानून बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ ।

पीडितले साहुसँग रु एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ । तर साहुले भने रकम बढाएर रु दुई अर्ब ६१ करोड ६२ लाख २१ हजार दुई ४३ लिनुपर्ने बनाएको मिलापत्रका क्रममा देखिएको भट्टराईले बताए । यो रकम मागेभन्दा डेढ अर्बभन्दा पनि बढी हो ।

सबैभन्दा बढी मधेस प्रदेशको रु ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा रु तीन करोड छ लाख रहेको छ ।

प्राप्त विवरणअनुसार तीन हजार एक सय ६१ जनाबाट साहुले हडपेको एक सय १८ बिघा १९ कठ्ठा छ धुर जमिन पीडितलाई फिर्ता भएको पनि उनले बताए । हालसम्म यसरी पीडित भएको भनेर २३ हजार नौ सय ६१ जनाले उजुरी दिएका छन् ।

अहिले सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले उजुरी लिने, मिलापत्र गराउनेलगायतका काम गरिरहेको छ ।

गम्भीर प्रकृतिका घटना, रकम उठाउन धम्की दिने, मानसिक तथा शारीरिक यातना दिने तथा जग्गा गम्भीर तरिकाले हडप्ने जस्ता व्यक्तिको हकमा भने कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगलाई छ । तर पहिलो चरणमा मिलापत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेको आयोजनाका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो
पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने
५० अर्बको साम्राज्य हाँक्दै चन्दा
५० अर्बको साम्राज्य हाँक्दै चन्दा
Meet 10 Unseen handsome sons of bollywood actors!
Meet 10 Unseen handsome sons of bollywood actors!
यस्ता छन् काँचो केरा खानुका फाइदाहरु
यस्ता छन् काँचो केरा खानुका फाइदाहरु
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो