यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?

सारांश

  • रुसमा गत महिना सम्पन्न विश्वकप फुटबलमा दशक यताकै उत्कृष्ट फुटबलर पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
  •  दुवैका राष्ट्र प्रि–क्वाटर फाइनल राउण्डमै पराजित भए।
  • जसमा चार खेलमा रोनाल्डो ४ गोलगर्न सफल भए भने समान चार खेल खेलेको मेस्सीले १ गोल गर्दा २ गोलका लागि पास दिएका थिए।

रुसमा गत महिना सम्पन्न विश्वकप फुटबलमा दशक यताकै उत्कृष्ट फुटबलर पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। दुवैका राष्ट्र प्रि–क्वाटर फाइनल राउण्डमै पराजित भए। जसमा चार खेलमा रोनाल्डो ४ गोलगर्न सफल भए भने समान चार खेल खेलेको मेस्सीले १ गोल गर्दा २ गोलका लागि पास दिएका थिए। खेल विश्लेषकहरुले ३३ वर्षिय रोनाल्डो र ३१ वर्षिय मेस्सीको दशक यसै विश्वकपबाट सकिएको भन्ने विश्लेषण गरेका थिए।

विश्लेषकहरुले समर्थकहरु अब मेस्सी र रोनाल्डोलाई छाड्दै युवा स्टार एमबाप्पे लगायतका खेलाडीतिर आकर्षित हुने बताउन थालेका थिए। तर, विश्वस्तरीय खेल समाचार संस्था इएसपिएनले गरेको एक सर्वेक्षणले त्यस विश्लेषणलाई गलत सावित गरिदिएको छ। इएसपिएनले विश्वभरबाट भोटिङमार्फत् तथ्यांक संकलन गर्दा १० सर्वाधिक रुचाइएका फुटबलरहरुको सूचिको पहिलो र दोस्रो स्थानमा क्रमशः रोनाल्डो र मेस्सी परेका हुन्।

यसैगरी तेस्रोमा फ्रान्स तथा पिएसजीका केलियन एमबाप्पे, चौथोमा क्रोएसिया तथा रियल मड्रिडका लुका मोड्रच, पाँचौमा बेज्लियम तथा चेल्सीका इदेन ह्याजार्ड, छैठौंमा फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजम्यान, सातौमा इंगल्याण्ड तथा टोटेनह्यामा ह्यारी केन, आठौंमा ब्राजिल तथा पिएसजीका नेमार, नवौंमा बेल्जियम तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुन र दशौंमा फ्रान्स तथा म्यान यूका पल पोग्बा सर्वाधिक रुचाइएका खेलाडीको सूचिमा छन्।

इएसपिएनले अन्य खेलाडीहरुको विश्वकप प्रदर्शनले समर्थकहरुमा प्रभाव पारेपनि रोनाल्डो र मेस्सीमा त्यस प्रभाव नदेखिएको बताएको छ । रोनाल्डो र मेस्सी दुवै एक दशक यताका स्टार फुटबलरहरु हुन् । दुवैले लगातार दशपटक बलुन डि ओर अवार्ड हातपार्दा अन्य कुनै खेलाडीले यस अवार्ड जित्न सकेको छैन। दुवैको पाँच–पाँच वटा बलुन डि ओर अवार्ड छ। फुटबलमा पाउनुपर्ने सबै किसिमका उपाधि हात पारेका रोनाल्डो र मेस्सी विश्वकप उपाधि जित्नबाट भने वञ्चित छन्।

यस सिजन रोनाल्डो रियल मड्रिडबाट इटालियन क्लव युभेन्ट्स अनुबन्ध भएका छन्। तर मेस्सी आफ्नो वाल्यकालदेखिको क्लव बार्सिलोनामै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
काठमाडौं-४ मा गगन थापाको जित
काठमाडौं-४ मा गगन थापाको जित
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
ओली-प्रचण्ड दिनहुँ भेट, परिणाम शून्य
आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता
आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना

तपाईंले छुटाउनुभयो कि?