काठमाडौमा १६७ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १७, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • देशभर ४ सय २६ जना थपिएकोमा काठमाडौंमा मात्र १६७ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आज काठमाडौंमा थपिएका संक्रमित मध्ये ७२ महिला र ९५ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ४ सय २६ जना थपिएकोमा काठमाडौंमा मात्र १६७ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये ७२ महिला र ९५ पुरुष रहेका छन् । आज ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६१ हजार १९ संक्रमित भएपनि २ लाख ५३ हजार १ सय ७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४८ सय जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ३७ हजार ७ सय २ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३६७ रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?