सैनिक शिविरमा आक्रमण, ४५ सैनिकको को मृत्यु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सैनिक शिविरमा आक्रमण, ४५ सैनिकको को मृत्यु !

सारांश

  • काबुल, ३० साउन।
  • अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ ।
  • बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए ।

काबुल, ३० साउन। अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । यस आक्रमणमा ३५ सैनिक र १० अफगान स्थानीय प्रहरी मारिएका सुरक्षा अधिकारीहरुद्वारा जारी प्रतिवेदनमा जनाइएको छ । आक्रमणमा पाँच सैनिक घाइते भएका र अन्य ८ जना अफगान प्रहरी हराइरहेका छन् ।

तालिबानले ठूलो संख्यामा सैनिक सवारी साधन, हातहतियार र विस्फोटक पदार्थ कब्जा गरेका छन् । यस हप्तामा उत्तरी अफगानिस्तानका सुरक्षा अधिकारीमाथि भएको यो दोस्रो ठूलो तालिबान आक्रमण हो । गत सोमबार मात्र फर्याब प्रान्तमा रहेको एक सैन्य शिविरमा भएको तालिबानी आक्रमणमा १७ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका थिए । पाँच सैनिकलाई तालिबानले कब्जासमेत गरेका थिए ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप २०१८: यि हुन जान्नुपर्ने यी ७ बिषय
विश्वकप २०१८: यि हुन जान्नुपर्ने यी ७ बिषय
बाथरुममा लडेर सभामुख गम्भीर घाइते
बाथरुममा लडेर सभामुख गम्भीर घाइते
असोज ९ गते विहिबारको राशिफल यस्तो छ
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखको रिबन काटेरै समय बित्छ
आफ्नै गढमा किन ढल्यो कांग्रेस ?
आफ्नै गढमा किन ढल्यो कांग्रेस ?
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम