कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनका आह्वान गरेका छन्।
  • प्रदेश प्रमुख खापुङ्गले आगामी साउन १६ गतेसम्मको समय सीमा दिएर संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई दाबी गर्न भनेका छन् ।

काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनका आह्वान गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले आगामी साउन १६ गतेसम्मको समय सीमा दिएर संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई दाबी गर्न भनेका छन् ।

तर, कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेका दलबीच बराबरी सदस्य रहँदा सरकार गठनमा सकसको अवस्था आएको छ ।

कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ४० जना सदस्य रहेका छन् । त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ सिट रहेको छ ।

कूल ९३ प्रदेश सभा सदस्यमा सभामुख बाहेक सत्ता गठबन्धनका दलहरुसँग पनि ४६ सिट नै रहेको अवस्था छ ।

सर्वोच्चले सभामुखले प्रदेश सभा सदस्यको हैसियतमा पनि काम गर्न नमिल्ने व्याख्या गरिसकेपछि सत्ता गठबन्धनका दलहरु सभामुखको राजीनामको तयारीमा छन् ।

कोशी प्रदेश सत्ता गठबन्धन दलको बैठकमा सभामुखको राजीनाका विषयमा छलफल भएको कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । सरकार बनाउने कुरामा माओवादी सकारात्मक रहेको उनको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक
शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?