भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त

सारांश

  • वीरगञ्ज।
  • पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ।
  •   इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए।
वीरगञ्ज। पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ। 
इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए। 
किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए।
सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए। 
भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन्। भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ।
 
यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उहाँले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताए।
 
सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ। सो घटनालाई लिएर नेपाल–भारतबीचका जनताबीच कुनै अप्रिय घटना नहोस् भनेर दुवै देशका सुरक्षा अधिकारी सचेत रहेका छन्। 
गोली प्रहारबाट घाइते भएका शेखको मृत्यु
यसैगरी पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिका–१ का ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई घरायसी विवादका कारण गए राति ७.४५ बजेतिर कटुवा पेस्तोलले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
     
घाइतेलाई उपचारका लागि वीरगञ्जतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादर राईले बताए। गोली हान्ने शेख सेरामुद्धिनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवाजुद्दीन सिद्दीकी अव प्रसिद्ध लेखक !
नवाजुद्दीन सिद्दीकी अव प्रसिद्ध लेखक !
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने
अदालतले थुनामा पठाएपछि रेशम चौधरीले के भने ? हेर्नुस् भिडियो
अदालतले थुनामा पठाएपछि रेशम चौधरीले के भने ? हेर्नुस् भिडियो
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
स्थानीय तहमा ९८ करोड बजेट निकासा
स्थानीय तहमा ९८ करोड बजेट निकासा
दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल
दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल

तपाईंले छुटाउनुभयो कि?