तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४७ पटक हेरिएको
Shares
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते

सारांश

  • वीरगंज, ४ कात्तिक ।
  • बाराको बलिरामपुरमा सशस्त्र प्रहरी र तस्कर बीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन् ।
  • कपडा तस्करको सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

वीरगंज, ४ कात्तिक । बाराको बलिरामपुरमा सशस्त्र प्रहरी र तस्कर बीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन् । कपडा तस्करको सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

सोमवार बेलुका सशस्त्र प्रहरीको कलैयामा रहेको गण र बरैनिया बीओपीबाट खटेको टोली माथि आक्रमण हुँदा तीन जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए ।

कपडाको तीनवटा ठूलो पोका नियन्त्रणमा लिने क्रममा तस्करहरूले सशस्त्र प्रहरीको टोलीमाथि लाठी र बाँसको भट्टासहित आक्रमण गरेपछि झडप भएको उनले बताए । तस्करहरूले कपडा खोसेर भारततर्फ नै फिर्ता लगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?