‘महा गफाडी’ घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
‘महा गफाडी’ घोषणा

सारांश

  • काठमाडौं ।
  • यहाँ नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो) ‘महा गफाडी’ घोषणा गरिएको छ ।
  • मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

काठमाडौं । यहाँ नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो) ‘महा गफाडी’ घोषणा गरिएको छ ।

मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

उनले भने, “कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी ।”

यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए ।

कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइरहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन् ।

आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक रहेका अभिनेता तामाङले जानकारी दिए । उनले भने, “प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि कार्यक्रमको ढाँचाले मलाई आकर्षित ग¥यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ ।”

निर्णायककै भूमिकामा रहेकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताइन् । “हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आफ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो”, अभिनेत्री तुलाधरले भनिन्।

आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद रु १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद रु १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद रु पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन् ।

सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैङ्गिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
चुम्बन गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)
चुम्बन गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)

तपाईंले छुटाउनुभयो कि?