अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
सारांश
- अछाम– नेपाली कांग्रेस अछामले मंगलसेन नगरपालिका, ठकारी गाउँपालिका र कमलबजार नगरपालिकाकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
- प्रदेशसभा समानुपातिक सदस्यमा नेपाल दलित संघ अछामका सहसचिव टेकबहादुर विक र सुरेन्द्रबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।
- सिफारिसमा परेका टेकबहादुर विक नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिका सदस्य तथा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माका स्वकीय सचिवसमेत हुन् ।
अछाम– नेपाली कांग्रेस अछामले मंगलसेन नगरपालिका, ठकारी गाउँपालिका र कमलबजार नगरपालिकाकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा समानुपातिक सदस्यमा नेपाल दलित संघ अछामका सहसचिव टेकबहादुर विक र सुरेन्द्रबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।
सिफारिसमा परेका टेकबहादुर विक नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिका सदस्य तथा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माका स्वकीय सचिवसमेत हुन् । नेपाल विद्यार्थी संघको सक्रिय राजनीति गर्दै आएका छन् । हाल उनी काठमाडौ आरआर क्याम्पसमा राजनीति शास्त्रमा स्नातक तह अध्ययनरत छन् । समानुपातिक तर्फ सिफारिसमा परेका मध्ये विकको सम्भावना बलियो देखिएको छ ।
त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ स्थानीय तहका विभिन्न वडाहबाट सिफारिस हुनेहरुमा चन्द्रप्रसाद ढुंगाना, डण्डप्रसाद भाट, नमबहादुर शाही, पदमराज अधिकारी, पदमबहादुर साउद, पूर्णबहादुर बुढा, प्रेमबहादुर रावल, बलबहादुर विष्ट, सुरत बुड्थापा, अन्जु मल्ल र कम्मानसिंह नगर्चि रहेका छन् ।
त्यसैगरी, तिलक स्वार, नमिता रावल, पुष्पराज भण्डारी, निर्मला रावल, पदमबहादुर भण्डारी, पुणरा शाह, विष्णुप्रसाद बजगाईं, विपी रेग्मी, विष्णुबहादुर खड्का, भवानीप्रसाद रिमाल, मनसरा रावल, लोकेन्द्रबहादुर नेपाल, हेमराज ढुंगानाको नाम पनि प्रदेश सभा सदस्यका लागि कांग्रेस अछामले सिफारिस गरेको छ ।
प्रतिक्रिया