जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस महत्वपूर्ण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस महत्वपूर्ण

सारांश

  • काठमाडौं, ३० कात्तिक ।
  • नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ।
  • श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तरगतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो।

काठमाडौं, ३० कात्तिक । नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ। श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तरगतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो।

शुक्रबार काठमाडौंमा वैदेशिक रोजगारमा कामदार पठाउने एशीयाका १२ देशका मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशले नै व्यहोर्नुपर्ने जरुरी रहेको बताए। उपप्रधानमन्त्री पोखरेलले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिने कामदारहरुको सुरक्षाको पक्षमा दृढतापूर्वक अभिन पनि सो मन्त्रीस्तरीय परामर्श बैठक सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन बैठकले महत्वपूर्ण निर्णय लिने बताए। उनले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई ठगिन नदिन बैठकले ठोस धारणा तय गर्नुपर्ने पनि स्पष्ट पारे।

बैठकमा बिहीबार सम्पन्न श्रम सचिवहरुको बैठकले पेश गरेको एजेन्डामाथि छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए। कोलम्बो मन्त्रीस्तरीय परामर्श बैठकमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, श्रीलंका, भियतनाम, इन्डोनेशिया, कम्बोडिया, अफगानिस्तान, चीन सहभागी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?