हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
सारांश
- दिपक पराजुली हेटौडा – फागुन बिगत बर्ष झैँ यस बर्ष पनि औधोगिक नगरी हेटौडामा औधोगीक ब्यापार मेला सुरु भएको छ।
- हेटौडा उपमहानगर पालिका -५ क्याम्पाडाडामा एक कार्यक्रमका बीच प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक् ब्यापार मेलाको उद्घाटन गर्नु हो ।
- मकवानपुर उद्योग बाणिज्य संघले स्थानीय तहमा उत्पादन भएका बस्तुहरुलाई प्रवर्दन गर्ने उदेश्यले बिगत बर्षहरु देखी नै ब्यापार मेला गर्दै आएको छ।
दिपक पराजुली
हेटौडा – फागुन
बिगत बर्ष झैँ यस बर्ष पनि औधोगिक नगरी हेटौडामा औधोगीक ब्यापार मेला सुरु भएको छ। हेटौडा उपमहानगर पालिका -५ क्याम्पाडाडामा एक कार्यक्रमका बीच प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक् ब्यापार मेलाको उद्घाटन गर्नु हो । मकवानपुर उद्योग बाणिज्य संघले स्थानीय तहमा उत्पादन भएका बस्तुहरुलाई प्रवर्दन गर्ने उदेश्यले बिगत बर्षहरु देखी नै ब्यापार मेला गर्दै आएको छ।यो मेलामा करिब ५ लाख जनाले अवलोकन गर्ने र ५ करोडको ब्यापार हुने अनुमान गरिएको छ। मेला अवलोकनकर्तालाई बजारबाट जान आउन निशुल्क यातायातको व्यवस्था गरिएको छ भने डाक्टरहरुले निशुल्क स्वास्थ जाच गर्ने छन। सामाजिक उत्तरदायित्व बहन स्वरुप रु ५० को टिकटमा बिशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाच गर्नुका साथै निशुल्क औषधि पनि वितरण गरिने संघका बरिष्ठ उपाध्यक्ष कृष्ण अग्रवालले बताए।यसैगरी मेला अवलोकन कर्तालाई बजारको चौकीटोलको रोपवे , जिल्ला प्रहरी कार्यालय अगाडी र सिमा लज अगाडिबाट निशुल्क लाने ल्याउने व्यवस्था मिलाइएको जसमा हेटौडाको रिद्दी सिद्दि सिमेन्टले दैनिक ३ वटा बस उपलब्ध गराएको बताइएको छ । मेलाको बिशेष आकर्षणमा बोटिंग ,हेलिकप्टर ,घोडा चढी ,रहनुका साथै स्थानीय कला र सस्कृति झल्कने बस्तुहरु राखिने बताइएको छ। मेलामा साना ठुला गरि ४४० स्टलहरु रहने र सिन्धुली ,रामेछाप ,पाल्पा ,बुटवल , काठमाडौँ ललितपुर देखि देशका अन्य भागहरुबाट व्यवसायीहरुको उपस्थिति रहेको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए। उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्ब अध्यक्ष चण्डिराज ढकाल ,प्रदेश सभा सदस्य मुनु सिग्देल , जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल ,उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण राज सुर्मार्गी , वडा ५ का अध्यक्ष राजेश बानिया लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। मेलाको मुख्य आयोजक आफै रहेकोमा संरक्षकम जिल्ला समन्वय समिति र हेटौडा उपमहानगरपालिका रहेको छ। मेला फागुन २८ सम्म संचालन रहनेछ। मेलामा ३५ वटा उद्योग २० वटा कम्प्युटर र १० वटा मोबाइलको स्टल रहने उद्योग तथा आइटी संयोजक दिपक उप्रेतीले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया