लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ परिक्षण,
सारांश
- लयन्स क्लव अफ बुटवल क्षितिजले श्रवाणी मेलामा पुजाआजा गर्न आएका भक्तजनको स्वास्थय परिक्षण गरेको छ ।
- क्लवले मोक्षधाम सेवा आश्रम तिलोत्तमा रुपन्देहीमा जलार्पण गर्न आएका भक्तजनहरुको स्वास्थ्य परिक्षण गरेको हो ।
- एक सय जना भक्तजनको निशुल्क स्वास्थय परिक्षण गरिएको कार्यक्रम संयोजक कमल शर्माले जानकारी दिनुभयो ।
लयन्स क्लव अफ बुटवल क्षितिजले श्रवाणी मेलामा पुजाआजा गर्न आएका भक्तजनको स्वास्थय परिक्षण गरेको छ । क्लवले मोक्षधाम सेवा आश्रम तिलोत्तमा रुपन्देहीमा जलार्पण गर्न आएका भक्तजनहरुको स्वास्थ्य परिक्षण गरेको हो । एक सय जना भक्तजनको निशुल्क स्वास्थय परिक्षण गरिएको कार्यक्रम संयोजक कमल शर्माले जानकारी दिनुभयो । डाक्टर गौरव देवकोटा नेतृत्वको टिमले भक्तजनको स्वास्थ्य परिक्षण गरिनुको साथै निशुल्क औषधि बिवतरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३ सय २५ बिटुका पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले श्रावणी मेला भर्न आएका भक्त जनलाई स्वास्थ्य परिक्षण कार्यक्रम अयोजना गरि क्लवले पुण्यको काम गरेको बताउनुभयो । धामका अध्यक्ष रोमणी प्रसाद पाठकले आश्रममा बिभिन्न स्थान बाट भक्तजनहरु आउने र स्वास्थ्य समस्या आउने तर्फ ध्यान गरि क्लवले स्वास्थय परिक्षण कार्यक्रम गरि नयाँ कामको सुरुवात गरेको बताउनुभयो । क्लवका अध्यक्ष मिलन कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा आविश्कार खनालको संचालन रहेको थियो ।
त्यसै गरि आजनै रोट्याक्ट क्लव अफ बुटवल साउथ र रोट्याक्ट क्लव अफ सेन्टर बुटवलले धाममा सरसफाईका सामाग्रि प्रदान गर्नुको साथै प्रसाद बितरण गरेको थियो ।
प्रतिक्रिया