अब सपिङ इसेवा पसलमा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
अब सपिङ इसेवा पसलमा !

सारांश

  •   काठमाडौ ।
  • अब तपाई हामीले सपिङ कै लागि बजार बजार धाउनु नपर्ने भएको छ ।
  • इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ ।

काठमाडौ । अब तपाई हामीले सपिङ कै लागि बजार बजार धाउनु नपर्ने भएको छ ।
इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ । इसेवाले राजधानीमा एक कार्यक्रमको आयोजना गरि पसल सुरु भएको जानकारी गराएको हो । भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डट कम का रुपमा रि–ब्राण्डिङ गरी एफ वान सफ्ट ईन्टरनेशनलले सुरु गरेको हो।

कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल शुरुवात मात्र भएको बताए। प्रविधी मैत्री समाजमा अव इसेवा पसलले ग्राहकले खोजेको सामान सर्व शुलभ मूल्यमा उच्च्तम सेवा प्रदान गर्ने बताए ।

कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ । छुट योजना अनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवा मार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यास ब्याक पाउन सक्नेछन् ।

यस्तै नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ । कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै दशै लाई मध्य नजर गरेर सामान किन्दा लक्की ड्र मार्फत आफ्ना ग्राहक लाई विभिन्न किसिम का ग्राहक उपहार योजना ल्याउने पनि जनाएको छ ।

सेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने समेत जनाएको छ । इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मातृभाषा संरक्षणमा जोड
मातृभाषा संरक्षणमा जोड
करिश्मालाई छोरीको तौलको सकस
करिश्मालाई छोरीको तौलको सकस
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
चिफ अफ स्टाफ परिवर्तन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
चिफ अफ स्टाफ परिवर्तन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा