जापान जान प्रमाणपत्रको पछि नलाग्नु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
जापान जान प्रमाणपत्रको पछि नलाग्नु

सारांश

  • नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझादारी भएसँगै नेपाली कामदारका लागि नयाँ गन्तव्य खुलेको छ ।
  • जापानले नेपाली कामदार लैजाने चर्चा चलेसँगै निजी क्षेत्रले भने केही महिना पहिलेदेखि धमाधम जापानी भाषा सिकाउने संस्था खोलेका थिए ।
  • कतिपय युवाले भाषा सिकेको प्रमाणपत्र बोकेर कामदारका रुपमा जापान जाने पर्खाइमा रहेको बताउने गरेका छन् ।

नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझादारी भएसँगै नेपाली कामदारका लागि नयाँ गन्तव्य खुलेको छ ।

जापानले नेपाली कामदार लैजाने चर्चा चलेसँगै निजी क्षेत्रले भने केही महिना पहिलेदेखि धमाधम जापानी भाषा सिकाउने संस्था खोलेका थिए ।

कतिपय युवाले भाषा सिकेको प्रमाणपत्र बोकेर कामदारका रुपमा जापान जाने पर्खाइमा रहेको बताउने गरेका छन् ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा परीक्षा र सीप परीक्षा दुवैमा उत्तीर्ण भएकालाई मात्र जापानले कामदारका रूपमा लैजाने समझदारीपत्रमा उल्लेख भएकाले प्रमाणपत्रको पछि नलाग्न सबैलाई आग्रह गरेको छ।

मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले कसैले म उच्च तहको प्रमाणपत्र दिन्छु, म प्रमाणपत्र मिलाइ दिन्छु भन्दै आएमा त्यसको पछि नलाग्न आग्रह गरे । प्रमाणपत्रको कुनै काम नरहेको उनको भनाई छ । जापान जानका लागि उनीहरूले लिने परीक्षामा उतिर्ण हुनुको विकल्प नरहेको पनि उनले बताए ।

नर्सिङ र केयर गिभरमा जानेहरूका लागि अरू भन्दा धेरै त्यहाँको भाषा बुझेको हुनु पर्ने भएकाले त्यसको भाषा परीक्षा उच्च तहको हुने निमित्त सचिव घिमिरेको भनाइ छ । अन्य कामदारको लागि भने सामान्य स्तरको भाषा परीक्षा लिइने छ ।

यस्ता परीक्षा जापान सरकारकै निकायले लिनेछ भने नेपाल सरकारले सहजीकरण मात्रै गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?
आज साउनको पहिलो सोमबारः पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबारः पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
1xBet Azərbaycan: rəsmi saytın nəzərdən keçirilməs

तपाईंले छुटाउनुभयो कि?