संसदीय समिति गठनमा दलहरू सहमति नजिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
३१ पटक हेरिएको
Shares
संसदीय समिति गठनमा दलहरू सहमति नजिक

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् ।
  • कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट मिलेपछि समिति गठनमा दलहरू सहमति नजिक पुगेका हुन् ।

काठमाडौं । प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् ।

कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट मिलेपछि समिति गठनमा दलहरू सहमति नजिक पुगेका हुन् ।

प्रारम्भिक सहमतिअनुसार प्रमुख प्रतिपक्ष नेकपा एमालेले सार्वजनिक लेखा समितिसहित ३ वटा समितिको सभापति प्राप्त गर्नेछ ।

विषयगत समितिमध्ये कति सभापति कुन दलले प्राप्त गर्ने भन्नेमा लामो छलफल र माच्छापच्छिका कारण समिति गठनमा ढिलाइ भएको थियो । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिना बितिसक्दा पनि समिति गठन नभएको भनी टिक्काटिप्पणी हुँदै आएको छ । प्रतिनिधिसभा मातहत १० र संयुक्त समितिका रूपमा २ वटा समिति छन् ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच मोटामोटी रूपमा संख्या तय भए पनि कुन समिति कसले प्राप्त गर्ने भन्ने अझै यकिन भइ नसकेको बताइएको छ । एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन र महिला तथा सामाजिक समितिको नेतृत्व पाउने संसदीय दलका सचेतक महेश बर्ताैलाले बताए ।

उनले भने, ‘यो विषयमा एक प्रकारको राजनीतिक तहमा सहमति भएको छ । दलहरूबीच सदन चलाउने विषयमा सहमति हुनसाथ सभामुखले सभापति चयनको प्रक्रिया प्रारम्भ गर्नुहुनेछ ।’

राष्ट्रियसभा मातहतका ४ विषयगत समितिमध्ये नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका १–१ सभापति छन् । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले संसदीय समितिको नेतृत्वबारे छलफल भइरहेको तथा यसलाई यो भनेर टुंगिन भने बाँकी नै रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘संसद्को अवरोध हटेसँगै यस विषयलाई टुंग्याएर लैजानुपर्छ भन्ने मान्यता हो ।’ जनमत पार्टीका उपाध्यक्ष अब्दुल खांनले विषयगत समितिको किटेरै नेतृत्वबारे टुंगोमा नसके तापनि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ताहित समिति वा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमध्ये एक पाउनुपर्छ भन्ने दलको माग गरेको बताए ।

संसदीय अभ्यास गर्ने मुलुकमा संसदीय समितिलाई मिनी पार्लियामेन्टका रूपमा हेरिने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…
उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
सुनका गहनासहित भारतीय नागरिक पक्राउ
सुनका गहनासहित भारतीय नागरिक पक्राउ
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार
आजदेखि संसद अधिवेसन, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त हुने सम्भावना
आजदेखि संसद अधिवेसन, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त हुने सम्भावना

तपाईंले छुटाउनुभयो कि?