सुनका गहनासहित भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सुनका गहनासहित भारतीय नागरिक पक्राउ

सारांश

  • नेपालगञ्ज ।
  • बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार सोनीको साथबाट रु छ लाख ७८ हजार एक सय ८५ बराबरको मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ ।

त्यस्तै अन्य सुपर स्पिलिन्डर मोटरसाइकल एक थान, सामसुङ कम्पनीको ट्याब एक थान, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, ग्यारेन्टीवाला कानमा लगाउने बेरुवा बाली ३१ जोर र रातोपोतेमा पाइप लगाइएको थान एकसमेत प्रहरीले बरामद गरेको छ । कहाँबाट कसरी ल्याएको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । प्रहरीले शङ्का लागेर जाँच गर्दा सोनी पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)
लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?
लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?