झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् ।
  • उनको घटनास्थलमै मृत्यु भएको हो ।

झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ७ फिट तल खसेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?