आजदेखि संसद अधिवेसन, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त हुने सम्भावना
सारांश
- आजदेखि संसद अधिवेसन सुरु हुँदैछ ।
- तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ ।
- आइतबारदेखि सुरु हुने संसदको वर्षे अधिवेशनका पूर्वसन्ध्यामा प्रतिपक्ष र सत्तापक्षका कृयाकलाप र रणनीति हेर्दा संसदमा सत्तापक्ष र प्रतिपक्षबीचको भिडन्त हुने प्रवल सम्भावना देखिएको छ ।
आजदेखि संसद अधिवेसन सुरु हुँदैछ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ । आइतबारदेखि सुरु हुने संसदको वर्षे अधिवेशनका पूर्वसन्ध्यामा प्रतिपक्ष र सत्तापक्षका कृयाकलाप र रणनीति हेर्दा संसदमा सत्तापक्ष र प्रतिपक्षबीचको भिडन्त हुने प्रवल सम्भावना देखिएको छ ।
नेकपा सरकारले प्रिबजेट छलफल नगरी आगामी आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेपछि कांग्रेसले विरोध जनाउँदै यसअघिको संसदीय परम्परा अनुसार चल्न माग समेत गरेको छ ।
आजदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा सरकारले परम्पराविपरीत नीति कार्यक्रमपछि प्रिबजेट छलफल गराउने तयारी गरेपछि कांग्रेसले रोक्ने तयारी गरेको हो । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले परम्पराविपरीत प्रिबजेटबारे छलफल नै नगरी एकैपटक नीति कार्यक्रम ल्याएर जनप्रतिनिधि र संसदीय सर्वोच्चताको अवमूल्यन गर्न खोजेको ठहर गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाउदै प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको हो ।
बैठकपछि काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्री बजेट छलफल नगरेर सरकार संसदीय मूल्य मान्यताको विरोधमा जान लागेको बताएका हुन् । त्यसैले पनि आफ्नो दल नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णयमा पुगेको उनको भनाई थियो ।
सरकारले प्रतिपक्ष दलहरुसँग छलफल गर्नु पर्ने संस्कारलाई नेकपा सरकारले लत्याउँदै गएको कांग्रेसको आरोप रहेको छ । प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको छ । कांग्रेसले ओली सरकार निरंकुश बन्दै गएको आरोपसमेत लगाएको कांग्रेसले अब संसदमा कडारुपमा विरोध गर्ने संकेत दिएको छ ।
यता सत्तारुढ दल नेकपाले पनि आफ्नै रणनीति बनाउँने तयारी गरिरहेको बुझिएको छ । सत्तारुढ दलका अनुसार प्रतिपक्षको व्यवहार हेरेर सोहीअनुसार कडा रुपमा प्रस्तुत हुने सरकारको रणनीति बनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकार पूर्णरुपमा असफल भएको आरोप लगाउँदै आफ्ना भाषणहरुमा सरकार प्रति कडा आक्षेप लगाउँदै आइरहेका छन् ।
प्रतिक्रिया