कोशी प्रदेशमा सार्बजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २४, २०८०
|
|
२० पटक हेरिएको
Shares
कोशी प्रदेशमा सार्बजनिक बिदा

सारांश

  • बिराटनगर।
  • कोशी प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ।
  • विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्बजनिक बिदा दिएको हो।

बिराटनगर। कोशी प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ। विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्बजनिक बिदा दिएको हो।

संसारभरी अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भईरहेको सो प्रदेशमा पहिलोपटक सार्बजनिक बिदा दिइएको हो।

प्रदेश नामाकरणको बिषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिबासी तथा जनजाति दिवस दिइएको जनाइएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्बसाधारणले पाएका हुन्। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले केही बिदाहरु आफु अनुसार गर्न पाउने अधिकार संघीय सरकारले छुटाएको छ। सोही आधारमा कोशी प्रदेशले आज सार्बजनिक बिदा दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?