श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग…

सारांश

  • पर्वत, १३ माघ ।
  • वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् ।
  • पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो ।

पर्वत, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् ।

पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो ।
मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए ।

करेण्ट लागेर घाइते मजदुरको उपचारमा आर्थिक समस्या

त्यसैगरी कामको खोजीमा पर्वतदेखि दाङको घोराही पुगेका एक मजदुरलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका– १४ आर्थर काहुले घर भएका रामबहादुर विकलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका हुन । घर निर्माणको क्रममा करेण्ट लागेपछि घाइते भएका ५७ वर्षीय विकको दुबै हात काट्नुपर्ने भएको छ ।

घर निर्माणका क्रममा गएको पुस २१ गते उनलाई करेण्ट लागेको थियो । उनको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
रुकुम छोरा र भाइको हत्या
रुकुम छोरा र भाइको हत्या
मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन
मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
वडा सदस्य मृत अवस्थामा भेट्टिए
वडा सदस्य मृत अवस्थामा भेट्टिए
स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी