प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह

सारांश

  • काठमाडौं।
  • तिलगंगा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ ।
  • प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो ।

काठमाडौं। तिलगंगा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ ।

प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।

यस नाराले बालबालिकाको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न सहयोग पुग्ने प्रतिष्ठाले विश्वास लिएको छ ।

पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरुको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरुको आँखामा विभिन्न समस्याहरु बढिरहेकाले विश्व स्वास्थ्य संगठनले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या देखिनसक्ने पूर्वानुमान गरेको प्रतिष्ठानको भनाइ छ ।

त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरुले सहकार्य गर्दै समुदायस्तरमै जनचेतना अविबृद्धि गर्न आवश्यक रहेको सुझाव छ ।

बच्चाहरूमा हुनसक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार नगर्दा उनीहरुको शिक्षामा गम्भीर असर पर्ने भएकाले उपचार पहुँच र चश्मा प्रयोगले बालबालिकाहरुको अध्ययन क्षमतामा हुने जोखिम ४४ प्रतिशतले घटाउन सकिने प्रतिष्ठानले जनाएको छ ।

विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा दृष्टि समस्या रहेकोमा त्यसमध्ये धेरै बालबालिका आँखा उपचार सेवाबाट बन्चित रहेको जनाइएको छ ।

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेकोमा करिब सात लाख बालबालिकामा उपचारको पहुँच नरहेको पनि प्रतिष्ठानले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध
पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध
मन्त्री पद हत्याउने प्रवृत्ति बढेका भन्दै आपत्ति
मन्त्री पद हत्याउने प्रवृत्ति बढेका भन्दै आपत्ति
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि

तपाईंले छुटाउनुभयो कि?