मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

सारांश

  • काठमाडौं २८ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा अत्यधिक महंगी बढेकाले बजार अनुगमन गर्न सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।
  • सिंहदरबारमा हिजो बुधबार रातिसम्म भएको वैठकमा आगामी आर्थिक बर्षका तयारी कार्ययोजनाहरुको जानकारी लिंदै यस्तो निर्देशन भएको हो ।
  • महंगी अत्याधिक बढेको भन्दै सम्बन्धमा कडा अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

काठमाडौं २८ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा अत्यधिक महंगी बढेकाले बजार अनुगमन गर्न सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सिंहदरबारमा हिजो बुधबार रातिसम्म भएको वैठकमा आगामी आर्थिक बर्षका तयारी कार्ययोजनाहरुको जानकारी लिंदै यस्तो निर्देशन भएको हो ।

महंगी अत्याधिक बढेको भन्दै सम्बन्धमा कडा अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । यसैगरी दुर्घटना कम गर्नका लागि सडक निर्माण गर्दा पहाडी तथा हिमाली क्षेत्रमा अनिवार्य सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न प्रधानमन्त्रीको निर्देशन छ ।

मन्त्रालयगत योजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले विभिन्न सुझाव दिएका छन् । सहकारीहरुलाई वित्तीय कारोबारभन्दा उत्पादनतिर लाग्न प्रधानमन्त्रीको सुझाव छ । आर्थिक बर्ष ०७५-०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्य योजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

गृह, भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिंचाइ, सहरी विकास मन्त्रालयका सचिवले कार्ययोजना पेश गरेका छन् । त्यसैगरी स्वास्थ्य-जनसंख्या, श्रम-रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा-विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि-भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, खानेपानी तथा सरसफाई र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले आफ्ना कार्ययोजना पेश गरेका छन् । बाँकी रहेका मन्त्रालयले अर्को कार्यक्रममा योजना पेश गर्ने भएका छन् । कार्यक्रममा सबै मन्त्रालयका मन्त्री र सचिवको उपस्थिति थियो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Jyoti Khanal

    Haina jata sukai pm.jiu le nai nirdesan dinu parne mantri haru jhak marera basxan ki kya ho na bujhe ko kura.

    Comment Author

    Chhabi Lal Pradhan

    Dekhaunu pardein anugaman bhaner bhrastachar taskari afei xa

    Comment Author

    Ram Bahadur Tharu

    Japanbata ek botleko 15000rupaiya parne pani piuxa olile tyo mahangi bhayena?

    Comment Author

    Shiva Chhetri

    Good

    Comment Author

    Rajkumar Maharjan

    Sabai thauma kam garan p.m le nirdesan dinuoarne bhaya yetibadhi mantriharu ko k.ksm gataideya hunxa .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?