पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०८०
|
|
३९ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै

सारांश

  • काठमाडौं।
  • ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा किर्ते गर्ने कार्यमा पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाउन नहुने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।
  • आइतबार नेपाल र सोमबार भट्टराईको निवासमै पुगेर बयान कागजमा हस्ताक्षर गरेपछि सिआइबीले मंगलबार सरकारी वकिल कार्यालयमा ८ सय पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

काठमाडौं। ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा किर्ते गर्ने कार्यमा पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाउन नहुने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

आइतबार नेपाल र सोमबार भट्टराईको निवासमै पुगेर बयान कागजमा हस्ताक्षर गरेपछि सिआइबीले मंगलबार सरकारी वकिल कार्यालयमा ८ सय पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुई पूर्वप्रधानमन्त्रीलाई गराइने यस्तो कागज सरकारी साक्षीलाई गराइन्छ । उनीहरूलाई सरकारी साक्षीका रूपमा अदालतले भविष्यमा बयान लिन सक्नेगरी अनुसन्धान प्रतिवेदन तयार गरिएको हो । सिआइबीले उनीहरूलाई हाल किनाराको साक्षी मात्रै बनाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सिआइबीले उनीहरूको बयान लिएपछि प्रतिवादी बनाउने यथेष्ठ आधार र प्रमाण नभएको जिकिर समेत पेस गरेको छ । अनुसन्धान अधिकृतले गरेको अनुसन्धानमा मन्त्रिपरिषद्को निर्णयको आधारमा किर्ते नभएको निष्कर्ष निकालेको हो । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका दुई प्रतिवादीको बन्दीको निवेदनमा सुनुवाइ गर्दै उक्त निर्णयमा संलग्न देखिएका सबैमाथि अनुसन्धान गर्न आदेश गरेको थियो । सर्वोच्चले मन्त्रिपरिषद्को नेतृत्व गरेको व्यक्ति पनि अनुसन्धानको दायरमा आउनुपर्ने भनेपछि सिआइबीलाई पूर्वप्रधानमन्त्रीमाथि बयान लिन दबाब परेको थियो ।

सिआइबी प्रमुख तथा एआइजी किरण बज्राचार्यका अनुसार प्रतिवेदनमा दुई पूर्वप्रधानमन्त्रीको बयान कागज पनि संलग्न छ । ‘हामीले उहाँहरूलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा साक्षीका रूपमा घटनाको कागज गराएका हौं, सिआइबी प्रमुख बज्राचार्यले भनिन्,’ घटनाको विषयमा उहाँहरूलाई केही जानकारी छ कि भनेर हामीले प्रश्न गरेका थियौ । उहाँहरूले गरेको कागज प्रतिवेदनसँगै समावेश गरिएको छ ।’ बज्राचार्यका अनुसार चार जना पूर्वमन्त्रीहरूलाई पनि प्रतिवादी बनाइएको छ । साथै पक्राउ परेका १८ जनालाई प्रतिवेदनसहित सिआइबीले पेस गरेको छ ।

सिआइबीले बुझाएको प्रतिवेदनको विषयमा अध्ययन गरेर अदालतमा अभियोजनको काम गरिने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए । ‘हामीले काम सुरु गरिसकेका छौं, आइतबारसम्म अदालतमा बुझाउँछांै,’ खत्रीले भने ।

सिआइबीले माटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङ, बिचौलिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको हो । सिआइबीले आफ्नो अनुसन्धानबाट शोभाकान्त ढकाल र रामकुमार सुवेदीले जग्गाको खोजी गरेको देखिएको जनाएको छ । यस्तै, मिनबहादुर गुरुङले आर्थिक जोहो गरेको देखिएको सिआइबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

ढकालले राजनीतिक दलका नेता तथा कार्यकर्ता र कर्मचारीबिच सम्पर्क गर्ने र सुवेदीले मालपोत कार्यालयमा जग्गाको नक्सा खोज्ने तथा नक्कली मोही खडा गर्ने गरेको देखिएको छ । सुवेदीले मालपोत तथा नापी कार्यालयका कर्मचारीसँग सेटिङ गरी किर्ते लिखत तयार पार्ने काम गरेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सुवेदी आफैं मालपोत कार्यालयको लेखनदास समेत भएकाले उनले यसमा भित्री तहको काम गरेको र ढकालले त्यसलाई थप सहयोग गरेको देखिएको सिआइबीले जनाएको छ । यस्तै, दाबी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गरेको थियो । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियारले गुरुङ, ढकाल र सुवेदीलाई प्रतिवादी बनाएको थियो ।

भाटभटेनीका सञ्चालक गुरुङले जग्गा खरिद–बिक्री गर्नेदेखि त्यसमा लाग्ने पैसा समेत व्यवस्था गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । गुरुङको परिवारकै सदस्यका नाममा पनि धेरै जग्गा देखिएको अनुसन्धानामा खुलेको छ । गुरुङले केही जग्गा दानमा दिनुका साथै बहस गरेबापत तत्कालीन कानुन व्यवसायी एवं हाल सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई ‘वकालती शुल्क’का रूपमा दिएका थिए । गुरुङले ललिता निवासको जग्गा गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पनि बिक्री गरेका थिए ।

सिआइबीले ४ जना पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव, डम्बरबहादुर श्रेष्ठ तथा पूर्वराज्यमन्त्री सञ्जय साहलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यस्तै, ५ जना तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसाललाई प्रतिवादी बनाउन सिआइबीले सिफारिस गरेको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीनन प्रमुख, अधिकृत, नायव सुब्बा र खरदारसहित संलग्नता देखिएका व्यक्तिलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । यस्तै, तत्कालीन भूमि सुधार तथा व्यवस्था विभागका महानिर्देशकसहित अधिकृत र कर्मचारीलाई पनि प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

जग्गा प्रशासन र सार्वजनिक निर्माणसँग जोडिएका निर्णय प्रक्रियालाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने दायित्व बोकेका दुवै मन्त्रालय भौतिक योजना र भूमिसुधार मन्त्रालयका तत्कालीन प्रशासनिक र राजनीतिक नेतृत्व नै सरकारी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीको प्रतिवेदनमा छ ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११० जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो । थप ५५ जना जग्गाधनीलाई सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा चलाइयो । त्यो मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ । अख्तियारले जग्गाको परिणाम र मूल्यका आधारमा आरोपितमाथि बिगो र जरिमाना माग दाबी गरेको छ ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ललितानिवास जग्गा अनियमिततामाथि भ्रष्टाचार, ठगी र सरकारी कागजात किर्तेको अभियोगमा कारबाही चलाउनुपर्ने सिफारिस गरेको थियो । प्रतिवेदन प्राप्त गरेपछि सरकारले भ्रष्टाचारको कारबाहीका लागि अख्तियारमा प्रतिवेदन पठायो । ठगी र किर्तेमाथि अनुसन्धानका लागि अध्ययन गर्न प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुग्यो । सिआइबीले साढे तीन वर्षअघि नै किर्तेसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

२०४९ देखि २०६९ सालसम्मको अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी सरकारी जग्गा तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवार र भूमाफियाले हडपेका थिए । २०६६÷६७ मा प्रधानमन्त्री निवास विस्तारका नाममा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले २५ रोपनी ५ आनामा नक्कली मोही खडा र भूमाफियालाई सट्टाभर्ना दिने निर्णय गरेको थियो ।

२०६९ असोजमा भट्टराई नेतृत्वको मन्त्रिपरिषद् र त्यही बेलाको गुठीको निर्णयले ५ रोपनी जग्गा नक्कली मोही हुँदै भूमाफियाले हडपेका थिए । त्यसअघि अन्तरिम सरकारबाट २०४७ वैशाखदेखि भदौसम्म भएका निर्णयको अपव्याख्या गरेर मालपोत कार्यालयले २०४९ मा १ सय १२ रोपनी ४ आना र २०६२ मा १२ आना जग्गा व्यक्तिका नाममा कायम गरिदिएको थियो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित हिरासतमा १८ जना छन् । साथै अदालतको आदेशबाट ७ जना रिहा भइसकेका छन् । तत्कालीन मन्त्रिपरिषद्ले २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ गते गरेका निर्णयको गलत व्याख्या गरी जग्गा हिनामिना गरिएको थियो । यी निर्णय नेपाल र भट्टराई नेतृत्वको सरकारका पालामा भएका थिए ।

भूमाफियाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ सालमा सरकारी जग्गा पुशपति टिकिन्छा गुठीको नाममा निर्णय भएको थियो । ललितानिवासको जग्गा एकपछि अर्को बहानामा व्यक्तिको नाममा दर्ता गर्ने क्रम रोकिएको थिएन । गृह मन्त्रालयको समरजंग कम्पनीको रेखदेखमा रहेको चानचुन ३÷४ रोपनी जग्गा पनि व्यक्तिको नाममा दर्ता गर्ने प्रयास भयो । जग्गा सोझै व्यक्तिका नाममा दर्ता गर्न असम्भव भएपछि ललितानिवासमा पशुपति टिकिन्छा गुठी रहेको लगत र कागजात तयार पारिएको थियो ।

त्यही कागजातका आधारमा मन्त्रिपरिषद्बाट पशुपति टिकिन्छा गुठीका नाममा जग्गा दर्ता गर्ने निर्णय भयो र गुठीबाट नक्कली मोहीले जग्गा पाए । चारवटा गुठीको बदलामा अन्यत्र जग्गा दिएर सट्टाभर्ना गरेकाले त्यहाँ पशुपति टिकिन्छालगायत कुनै गुठी नभएको सिआइबीको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम
भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम
गाँजासहित तीनजना पक्राउ
गाँजासहित तीनजना पक्राउ
सोमबार काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
Wedding Date Out! Deepika Padukone and Ranveer Singh to get married on this day
Wedding Date Out! Deepika Padukone and Ranveer Singh to get married on this day

तपाईंले छुटाउनुभयो कि?