धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
४४ पटक हेरिएको
Shares
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक

सारांश

  • विराटनगर ।
  • विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।
  • श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उनले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गरे ।

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।

श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उनले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गरे ।

प्रमुख कोइरालाले असल नागरिक बन्न नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनुपर्ने आवश्यकता औँलाए ।

विद्यालयका संरक्षक अच्युतप्रपन्नाचार्यले नैतिक शिक्षा, संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षासेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारे चर्चा गरे ।

दुई कठ्ठा १० धुर जग्गामा निर्माण भएको उक्त संस्कृत विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४५ लाख बजेट प्राप्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
आगलागीमा रु २० लाखको क्षति
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
प्रजातन्त्र फर्केको त्यो दिन…
प्रजातन्त्र फर्केको त्यो दिन…
अष्ट्रेलियन वायुसेवा कम्पनीहरुले पनि गरे सामसुङ ग्यालेक्सी एस सेभेन प्रतिवन्ध