सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
२० पटक हेरिएको
Shares
सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन

सारांश

  • कास्की, २८ असोजः जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ ।
  • बालकको अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि सहयोग जुटाउने अभियान शुरु भएकामा सो रकम जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ ।
  • गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचारपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

कास्की, २८ असोजः जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ ।

बालकको अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि सहयोग जुटाउने अभियान शुरु भएकामा सो रकम जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ । गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचारपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनी हाल काठमाडौँमा उपचाररत छन् ।

बिरामीको उपचारमा अर्थाभाव भएको र चिकित्सकले काठमाडौँ रेफर (सिफारिस) गरे पनि परिवारले लैजान नसकेपछि स्वदेश तथा विदेशबाट सहयोग आउन शुरु भएको थियो । स्थानीयवासीले उपचारमा रकम जुटाउन ‘विशाल पौडेल बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सङ्कलन समिति गठन गरेका थिए । अभियानले मङ्गलबारदेखि रकम सङ्कलन अभियान समाप्त भएको जनाएको छ ।

समितिका संयोजक योगबहादुर क्षेत्रीले (रवि)ले रकम अभावमा परिवारले बिरामीलाई घर फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा सबै मिलेर उपचारका लागि रकम सङ्कलन गर्न सम्भव भएको बताए । उनको अनुसार समितिबाट हालसम्म परिवारलाई रु सात लाख ५४ हजार १७० बिरामीका आफन्तलाई प्रदान गरिएको र समितिको खातामा जम्मा भएको रकम पौडेलको उपचारमा खर्च गरिने छ ।

बिरामीका दाजु विजय पौडेलले पोखरा तथा काठमाडौँसम्म उपचारमा अहिलेसम्म रु १२ लाख हाराहारीमा खर्च भएको जानकारी दिँदै बिरामीले हातखुट्टा चलाउनेलगायत गतिविधि शुरु गरेकाले स्वास्थ्यमा सुधार हुँदै गएको बताए । उनले भने, “चिकित्सकले काठमाडौँ लैजान भनेपछि रकम अभावमा घर फिर्ता ल्याउनुपर्ने अवस्थामा सबैको साथ र सहयोगबाट अहिले भाइको राम्रो उपचार भइरहेको छ । अझै कति दिन अस्पताल बस्नुपर्छ, खर्र्च कति लाग्छ भन्ने यकिन छैन ।”

मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले रकम अभावमा बिरामीको उपचारमा समस्या भएको अवस्थामा युवाले स्तःस्फूर्तरूपमा अभियान सञ्चालन गरी रकम जुटाउने पुण्य काम गरेको बताउँदै गाउँपालिकाले आगामी दिनमा यस्ता भइपरि आउने घटनामा राहत सहयोग उपलब्ध गराउन कार्यविधि बनाउने बताए ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
उपलकुपति  प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
उपलकुपति प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता
टेलिकमको कार्यालयमा ताला
टेलिकमको कार्यालयमा ताला

तपाईंले छुटाउनुभयो कि?