मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२० पटक हेरिएको
Shares
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।

सारांश

  • काठमाडौं — नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) को प्रथम ऐतिहासिक साधारण सभा तथा अधिवेशन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देबेन्द्र दाहालको विशेष आतिथ्यमा भोलि मेजेस्ट्रीक ग्राण्ड एकान्तकुनामा आयोजना हुँदैछ।
  • यस महत्त्वपूर्ण कार्यक्रममा अटोमोटिभ क्षेत्रका प्रमुख व्यवसायी, नीतिनिर्माता, र हितधारकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
  • संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले यस अवसरमा अटोमोटिभ व्यवसाय गर्ने सम्बन्धित पक्षहरुलाई उपस्थित हुन आग्रह गर्दै भने, “तपाईंहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताले यस कार्यक्रमलाई ठूलो सफलता दिलाउनेछ।

काठमाडौं — नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA) को प्रथम ऐतिहासिक साधारण सभा तथा अधिवेशन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देबेन्द्र दाहालको विशेष आतिथ्यमा भोलि मेजेस्ट्रीक ग्राण्ड एकान्तकुनामा आयोजना हुँदैछ। यस महत्त्वपूर्ण कार्यक्रममा अटोमोटिभ क्षेत्रका प्रमुख व्यवसायी, नीतिनिर्माता, र हितधारकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले यस अवसरमा अटोमोटिभ व्यवसाय गर्ने सम्बन्धित पक्षहरुलाई उपस्थित हुन आग्रह गर्दै भने, “तपाईंहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताले यस कार्यक्रमलाई ठूलो सफलता दिलाउनेछ। हामी यस अवसरबाट तपाईंहरूको अनुभव, ज्ञान र सुझावहरूबाट लाभान्वित हुने र अटोमोटिभ क्षेत्रमा साझेदारी गरी अगाडि बढ्ने अपेक्षा राख्दछौं।”
उनले भने यो सभालाई नेपालको अटोमोटिभ उद्योगको विकासका लागि एक महत्त्वपूर्ण मोडको रूपमा चिनाए। यसले क्षेत्रमा नीतिगत सुधार, निवेश बृद्धि, र व्यावसायिक सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यस अवसरलाई नयाँ सम्भावनाहरू अन्वेषण गर्ने, विचार आदान-प्रदान गर्ने, र सामूहिक प्रयासबाट अटोमोटिभ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने मंचको रूपमा पनि लिइनेछ। चिमोरियाले सहभागीहरूलाई आभार व्यक्त गर्दै भने, “हामी सबै मिलेर यस उद्योगको विकासमा योगदान पुर्याउन सक्छौं भन्नेमा आफु आशावादी रहेको बताए ।”
कार्यक्रममा अटोमोटिभ व्यवसाय सङ्ग जोडिएका साना तथा ठुला व्यावसायी, अटोमोटिभ क्षेत्र सङ्ग सरोकार राख्ने उद्योगी नेतृत्व, यातायात कार्यालय तथा बिभागका सरकारी प्रतिनिधि, रास्ट्रीय कलाकार सहित पत्रकारहरु समेतको सक्रिय सहभागिता रहनेछ। यसले नेपालको अटोमोटिभ क्षेत्रको भविष्यका लागि महत्त्वपूर्ण निर्णयहरू लिने र रणनीतिक योजना बनाउने मंचको रूपमा काम गर्नेछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    1WIN

    Платформа Lucky Star — твой путь в мир Лаки Джет и моментальных выигрышей.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?