स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ

सारांश

  • जनकपुरधाम ।
  • माओवादी नेताको हत्या गरेको अभियोगमा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।
  • उनलाई आज प्रहरीले राजविराजबाट पक्राउ गरेको हो ।

जनकपुरधाम । माओवादी नेताको हत्या गरेको अभियोगमा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् । उनलाई आज प्रहरीले राजविराजबाट पक्राउ गरेको हो ।

उनी सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका थिए । जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । प्रहरीका अनुसार माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको हो ।

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?