दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा !

सारांश

  • खोटाङ, २३ साउन ।
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ ।
  • गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो ।

खोटाङ, २३ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ ।गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी अधिकृत मणिचन्द्र राईले जानकारी दिए । अधिकृत राईका अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा एक एमबिपिएस र वडा कार्यालयमा ५१२ केबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको हो ।

गाउँपालिकाको रु १५ लाख लगानीमा आफ्नो बेग्लै लिंक बनाएर इन्टरनेट जडान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयसँगै सबै वडामा इन्टरनेट जोडेपछि इमेल, इन्टरनेटमा सहजता आएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । दुई नगरपालिकासहित आठ गाउँपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिका विकासमा सबैभन्दा अगाडि रहेको छ । गाउँपालिकाले एकै वर्षमा दिक्तेल आइपुग्ने सबैभन्दा छोटो दूरीको सडक सञ्चालन, गाउँपालिकाको भूकम्प प्रतिरोधात्मक स्टिल ट्रस भवन निर्माण, पाँच वडामा खेलमैदान निर्माण गरेको छ ।

गाउँपालिकामा सानिमा बैंक र शिशु पोषण प्रवद्र्धन कार्यक्रमअन्तर्गत गर्भवतीले चार पटक गर्भ जाँच, मासिक स्वास्थ्य जाँच, बच्चालाई नियमित खोप र बच्चाको जन्मदर्ता हुने आमालाई मासिक रु एक हजार प्रोत्साहन भत्ता दिँदै आएको छ । आगामी दिनमा सातै वडाको मुख्य बजार क्षेत्र र बाक्लो बस्ती रहेको ठाउँमा फ्रि–वाइफाइको व्यवस्था गरिने गाउँ कार्यपालिकाले योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
शाहिद कपुरका कलाकारलाइ भारतीय सेनाले यसकारण मार्याे
शाहिद कपुरका कलाकारलाइ भारतीय सेनाले यसकारण मार्याे
गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी
गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु
अलपत्र चारलेन सडक निर्माण सुरू
अलपत्र चारलेन सडक निर्माण सुरू
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली