बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
सारांश
- काठमाडाै,२६ मंसिर।
- नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृतले उच्च राजनीतिक तहबाटै प्रहरी अनुसन्धान प्रभावित पार्न दबाब दिने गरेको खुलासा गरेका छन ।
- पूर्व एआईजी देवेन्द्र सुवेदीले ट्वीटर मार्फत घटना अनुसन्धानमा मुलुकको कार्यकारीबाटै दबाब आउने गरेको दावी गरेका हुन ।
काठमाडाै,२६ मंसिर। नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृतले उच्च राजनीतिक तहबाटै प्रहरी अनुसन्धान प्रभावित पार्न दबाब दिने गरेको खुलासा गरेका छन । पूर्व एआईजी देवेन्द्र सुवेदीले ट्वीटर मार्फत घटना अनुसन्धानमा मुलुकको कार्यकारीबाटै दबाब आउने गरेको दावी गरेका हुन । कञ्चनपुर काण्डमा प्रहरी अनुसन्धानमाथि प्रश्न गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटमा जवाफ दिर्दै पूर्व एआईजी सुवेदीले भट्टराईले नै ६ बर्ष अघि निर्दोष ब्यक्तिलाई फसाउन निर्देशन दिएको आरोप लगाएका हुन । 
भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा राजधानीको अनामनगरस्थित कृष्ण प्रसाईँको ५ तले घरमा काम गर्ने ३१ वर्षिया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीको अनुसन्धानले सो घटना आत्महत्या भएको देखाएको थियो । तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएपछि तथा परिवारले शव बुझ्न अस्वीकार गर्दै दोर्होयाएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए । दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएको थियो । तत्कालिन प्रधानमन्त्री भट्टराईले तत्कालिन प्रहरी महानिरिक्षक कुवेरसिंह राणालाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीको आरोप छ । सुवेदीको आरोपका विषयमा पूर्व प्रधानमन्त्री भट्टराईले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया