‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ ।
  • आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए पनि आज नभ्याएका कारण भोलिका लागि राखिएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
आचार्य श्रीनिवासको यस्तो नाटकः आफैले गोली हान्न लगाएको खुलासा !
आचार्य श्रीनिवासको यस्तो नाटकः आफैले गोली हान्न लगाएको खुलासा !
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
नेपाल प्रहरीमा ३ एआईजी, ३१ सय दरबन्दी थपियो
नेपाल प्रहरीमा ३ एआईजी, ३१ सय दरबन्दी थपियो
आजदेखि २० वर्ष पूराना गाडी चलाएमा लिलाम
आजदेखि २० वर्ष पूराना गाडी चलाएमा लिलाम
प्रधानमन्त्री ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड

तपाईंले छुटाउनुभयो कि?