बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी

सारांश

  • बाँके प्रदेशसभा क्षेत्र नं.
  • ३ (क) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) ले बाम गठबन्धनको खाता खोलेका छन् ।
  • उनी बाँकेको घोषित पहिलो प्रदेश सभा सदस्य भएका हुन् ।

बाँके प्रदेशसभा क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) ले बाम गठबन्धनको खाता खोलेका छन् । उनी बाँकेको घोषित पहिलो प्रदेश सभा सदस्य भएका हुन् ।

खरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्तराम थारुलाई पराजित गरेका हुन् । उनले १६ हजार ६७५ मत प्राप्त गर्दा थारुले १४ हजार ९८१ मत ल्याएका छन् । उक्त क्षेत्रमा ३५ हजार ६९० मत खसेको थियो ।

२०१८ सालमा जन्मिएका खरेल २०३१ सालदेखि नै कम्यूनिष्ट राजनीतिमा लागेका थिए । चौथो महाधिवेशनबाट राजनीति यात्रा शुरु गरेको खरेल एकीकृत मसाल, मोटो मशाल, एकता केन्द्र, माओवादी, देशभक्त कम्यूनिष्ट लिग हुँदै २०५७ सालमा एकता केन्द्र हुँदै मसाल र नारायणकाजी श्रेष्ठको एकता केन्द्र र माओवादी एकीकरण हुने क्रममा उनी विद्रोह गरेर बैद्य माओवादी तिर लागेका थिए ।

उनी राम बहादुर थापा (बादल) हरु सँग पुनः माओवादी केन्द्रमा फर्किएका हुन् । हाल उनी बाम गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. ३ प्रदेश सभा (क) बाद प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?