रिटायर्ड बाबु-छोरीको कथामा चलचित्र ‘चित्रा’

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०८०
|
|
४१ पटक हेरिएको
Shares
रिटायर्ड बाबु-छोरीको कथामा चलचित्र ‘चित्रा’

सारांश

  • काठमाडौं।
  • सन्तोष अधिकारी फिल्मसको व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ।
  • निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ।

काठमाडौं। सन्तोष अधिकारी फिल्मसको व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ।

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ।

फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए। फिल्म पोखरा र घाचोकमा छायांकन हुनेछ। आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन, प्रतिमा थापाको प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोडुसर छन्।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ। केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएको छ। फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिइसकेका छन्। अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले जानकारी दिए।

निर्माता अधिकारी नयाँ फिल्म ‘डलर एयुडी’ को तयारीमा छन्। यो फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ। सन्तोष ‘घर’ र ‘आमा’का सह–निर्माता पनि हुन्। उनको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो
यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
काँग्रेसका सबै उम्मेदवार तय ! हेर्नुहोस को कहाँ बाट लड्दै छन  (सूचीसहित)
काँग्रेसका सबै उम्मेदवार तय ! हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;
Libyans want elections to end political split in war-torn country
Libyans want elections to end political split in war-torn country
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?