आइस भित्र बसेर विश्व किर्तिमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
आइस भित्र बसेर विश्व किर्तिमान

सारांश

  • भियना,७ असोज ।
  • अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन कायम गरेका छन् ।
  • कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो ।

भियना,७ असोज । अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन कायम गरेका छन् । कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो ।

मेल्क शहरमा आयोजित उक्त साहसिक कार्य प्रत्यक्ष अवलोकन गर्न आएका पत्रकारहरुलाई उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पनना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताएका छन् । सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्नका लागि सो बाकसमा ४ सय ४० पाउनड भन्दा बढि आइस राख्नु परेको छ । बाकसबाट निस्कना साथ सूर्यको किरणको स्पर्श पाएर निकै आनन्द लागेको उनले बताएका थिए । उनले आगामी वर्ष अमेरिकाको लस एन्जेल्समा एकपटक पुन यो किर्तिमान तोड्ने योजना सुनाएका खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?