एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
सारांश
- काठमाडाैँ, १४ भदाै ।
- एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १ सय ५० रन पुरा गरेकाे छ ।
- नेपालले ४३ अाैँ अाेभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन पुरा गरेकाे हाे।
काठमाडाैँ, १४ भदाै । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १ सय ५० रन पुरा गरेकाे छ । नेपालले ४३ अाैँ अाेभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन पुरा गरेकाे हाे।अब नेपालकाे जित लगभग असम्भव देखिएकाे छ । नेपालकाे जितका लागि कुनै चमत्कार हुनु अावश्यक छ ।
खराब सुरुवात गरेको नेपालले ५० रन भित्रै महत्वपूर्ण ३ विकेट गुमाएकाे थियाे । दिपेन्द्र सिँह एेरी र सुवाष खकुरेलले सम्हालिँदै नेपालकाे इन्निङ् अगाडी बढाएका थिए । उनीहरु बिच ५८ रनकाे साझेदारी बनेकाे थियाे ।
निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।
पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको थियाे ।
Surya Rai
Ok bye
Kumar Thakuri
नेपाल का खेलाडी र नेता उस्तै हो कहिले राम्रो गर्न सकेन