‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
२१ पटक हेरिएको
Shares
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

सारांश

  • कास्की ।
  • पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।
  • एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए ।

कास्की । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।

एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

उनले भने, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”

सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।

एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधा-आधा भन्नेमै ओली र प्रचण्डको कुरो मिलेन
आधा-आधा भन्नेमै ओली र प्रचण्डको कुरो मिलेन
जिससले मागे सांसदको भन्दा दोब्बर भत्ता
जिससले मागे सांसदको भन्दा दोब्बर भत्ता
राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि
राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल

तपाईंले छुटाउनुभयो कि?