जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि

सारांश

  • काठमाडौं, ६ मंसिर ।
  • प्रमुख विपक्षी दल नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतका मुख्यमन्त्रीबाट रेल्वेको उद्घाटन गराइए दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
  • राजधानीस्थित आफ्नै निवासमा बुधबार साँझ अकस्मात पत्रकार सम्मेलन गरेर निधिनले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य हुने बताएका हुन् ।

काठमाडौं, ६ मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतका मुख्यमन्त्रीबाट रेल्वेको उद्घाटन गराइए दुर्भाग्य हुने चेतावनी दिएका छन् । राजधानीस्थित आफ्नै निवासमा बुधबार साँझ अकस्मात पत्रकार सम्मेलन गरेर निधिनले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य हुने बताएका हुन् ।

योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आएका बेला मुख्यमन्त्री योगी र भारतीय उद्योग वाणिज्य तथा नगारिक उड्ययनमन्त्री सुरेश प्रभुले जयनगर–जनकपुर–कुर्था ब्रोडगेज रेल्वेखण्डको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । सो कार्यक्रमको कांग्रेसका उपसभापति निधिले विरोध गरेका हुन् । राज्यको एउटा मुख्यमन्त्रीलाई ल्याएर मुलुकै दुरगामी प्रभाव पार्ने ठूलो आयोजनाको उद्घाटन गराउने कार्य आपत्तिजनक भएको निधिले बताए । यसका बारेमा सार्वजनिक रुपमा केन्द्रीय सरकारले नै जानकारी गराउन उनले माग गरे ।

नेपालमा योगी आदित्यनाथ आउनु आपत्तिको कुरा नभएको भन्दै उपसभापति निधिले भने, ‘योगी आदित्यनाथको पृष्ठभूमि हेर्दा नेपालमा राजतन्त्र र हिन्दूराज्य पुनर्बहालीका लागि जुटेको पाइन्छ ।’
‘नेपाल सरकारले उनैलाई प्रमुख आथित्यको रुपमा किन निमन्त्रणा गरियो ?’, निधिले प्रश्न गर्दै भनेका छन्, ‘बाहिर प्रचार भएजस्तै उनलाई निमन्त्रणा गरेर कार्यक्रम राखिएको हो भने नेपालका लागि लज्जास्पद र अपाच्यको विषय हो ।’ सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको गणतन्त्र दिवसका लागि विशेष अतिथिको रुपमा जानसमेत अनुमति दिएको जानकारी आफूले प्राप्त गरेको उपसभापति निधिले बताएका छन् ।

‘केपी ओली नेतृत्वको यो सरकार संघीयता विरोधी त देखिएकै थियो’, उनले भने, ‘गणतन्त्र पनि नचाहेको सन्देश दिन खोजिरहेको छ ।’ कांग्रेसका उपसभापति निधिले भनेका छन्, ‘केन्द्रीय सरकार संघीयता र गणतन्त्र कमजोर बनाउने गतिविधि गरिरहँदा प्रदेश नम्बर २ को सरकार पनि त्यसको पुच्छर बनेर सहयोगी बनिरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?