तारेखमा छाड्न अदालतले आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ
सारांश
- उदयपुर, २१ भदाै ।
- नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।
- चुनाव प्रचारप्रसारको क्रममा पूर्व सञ्चारमन्त्री तथा प्रदेश नं.
उदयपुर, २१ भदाै ।नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।चुनाव प्रचारप्रसारको क्रममा पूर्व सञ्चारमन्त्री तथा प्रदेश नं. १ का वर्तमान मुख्यमन्त्री शेरधन राईको गाडीलाई लक्षित गरेर, बम विस्फोट गरेर र साल्पा सिलिछो गाउँपालिकाको आमसभालाई लक्षित गरी बम विस्फोट गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रकाण्डविरुद्ध भोजपुर अदालतमा मुद्दा दर्ता थियो ।
अरु पछि थप प्रमाण बुझ्दै जाने क्रममा ठहर भए बमोजिम हुने गरी हाल लाई ६० हजार धरौटी लिएर तारेखमा छाड्न अदालतले आदेश दिएको थियो ।
जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामको इजलासले प्रकाण्डलाई शेरधन राई चढेको गाडीमा र भीरथाप्लोमा बम विस्फोट गराएको घटनामा २५/२५ हजार र साल्पासिलिछो घटनामा १० हजार धरौटी लिएर तारीखमा छाड्न आदेश दिएको थियो ।धरौटी रकम दाखिला गरेर अदालतबाट निस्कँदा निस्कँदै पुनः नेता प्रकाण्डलाई प्रहरीले पक्रेको हो ।भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले उनलाई कर्तव्य ज्यानको अर्को मुद्दाको सन्दर्भमा दाङ लगिने बताए ।
प्रतिक्रिया