अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा, कस्काे पल्ला भारी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा, कस्काे पल्ला भारी ?

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
  • उम्मेद्वारी दिएका अन्य सबैले उम्मेद्वारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । उम्मेद्वारी दिएका अन्य सबैले उम्मेद्वारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

अधिवेशनमा यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि भने उनीहरुले आफ्नो फिर्ता लिए ।

त्यसैगरी, उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिसकिएकाले आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी छ । मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?