खुर्पा प्रहारबाट श्रीमान्को मृत्यु
सारांश
- श्रावण १२, २०७४- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।
- इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।
- ‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला पर्यो,’ प्रहरी निरीक्षक घिमिरेले भने ।
श्रावण १२, २०७४- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।
‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला पर्यो,’ प्रहरी निरीक्षक घिमिरेले भने । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शीर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया