एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०८१
|
|
४९ पटक हेरिएको
Shares
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन

सारांश

  • काठमाडौं।
  • पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबारसम्म १७ वटा खेल भए।
  • अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन।

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबारसम्म १७ वटा खेल भए। अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन। यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन्।

हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ। पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।

एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइसकेको अवस्थामा मंगलबार भने चितवन राइनोजलाई पराजित गर्दै प्राविधिक रुपमा भए पनि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ।

एनपिएलमा चार खेलमा चारै खेल हारेर शून्य अंकसहित तालिकाको पुछारमा रहेको लुम्बिनीले पाँचौं खेलमा सफलता हात पारेपछि अहिले अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

रोहितको अलराउण्डर प्रदर्शन

लुम्बिनीले पाँच खेलमा चार खेलमा हारे कप्तान पौडेलले भने हारेनन्। उनले आफ्नो अलराउण्डर प्रदर्शनबाट क्रिकेट प्रेमीको मन जित सफल भए। एनपिएलमा आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किङ्गसको सामना गर्‍यो।

विराटनगरविरुद्ध कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट नै रह्यो। उनले लुम्बिनीको तर्फबाट सर्वाधिक ४६ रन बनाएका थिए। उनले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउन सफल भए। यद्यपि, उनले विराटनगरविरुद्ध बलिङ भने गरेनन्।

लुम्बिनीले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्यो। पोखरासँग १० विकेटले हारे कप्तान रोहितको प्रदर्शन प्रशंसा गर्न लायक नै थियो। उनले पोखराविरुद्ध एक्लैले ९५ रन बनाए। ५९ बलमा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाउन सफल भए।

उक्त खेलमा लुम्बिनीले ब्याटिङ गरिरहँदा रोहित एनपिएलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका थिए। यद्यपि, लुम्बिनी विरुद्ध जवाफी ब्याटिङ गरेको पोखराका एन्ड्रिज गौसले अविजित एक सय चार रन बनाएपछि उनको रेकर्ड तोडिएको थियो।

लुम्बिनीले आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सको समान गरेको थियो। उक्त खेलमा कप्तान पौडेलले ब्याटिङतर्फ पाँच रन बनाएर आउट भए बलिङतर्फ एक विकेट हात पारेका थिए। रोहितले ४ ओभर बलिङ गर्दा जम्मा २२ रन मात्रै खर्चिएका थिए।

चौथो खेलमा जनकपुर बोल्ट्सको सामना गर्दा लुम्बिनीका कप्तान रोहितको प्रदर्शन सानदार थियो। उनले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारेका थिए।

लुम्बिनीले आफ्नो पाँचौं खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्यो । उक्त खेलमा कप्तान रोहित नायक नै बने । उनले ब्याटिङ र बलिङ दुवैतर्फ नायकको भूमिका निभाए।

चितवन राइनोजविरुद्ध रोहितले ब्याटिङतर्फ सर्वाधिक ८० रन बनाए। ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा लुम्बिनीले एक सय ६८ रनको लक्ष्य दिन सफल भएको हो।

बलिङतर्फ पनि रोहितले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका रोहितले जम्मा १७ रन मात्रै खर्चिए। यो खेलमा रोहितको अलराउण्डर प्रदर्शन नभएको भए लुम्बिनीको जित कल्पना गर्न सकिँदैन।

एनपिएलमा सबैभन्दा धेरै रन रोहितको नाममा

जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्, कप्तान रोहित। उनले पाँच खेलबाट सर्वाधिक दुई सय ६१ बनाएका छन्।

रोहितले एनपिएलमा दुई अर्धशतक प्रहार गरेका छन्। साथै, जारी एनपिएलमा ११ छक्का र २४ चौकासमेत प्रहार गरेर सबैभन्दा धेरै बाउण्ड्री प्रहार गर्नेमा पहिलो नम्बरमा छन्।

धेरै रन बनाउनेमा दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा छन्। उनले जारी एनपिएलमा एक सय ६९ रन बनाएका छन्। एनपिएलमा एक सय ८९ रन बनाएर जनकपुर बोल्ट्सका लागि मिलन्था तेस्रो नम्बरमा छन्।

सकारात्मक महसुस गरिरहेको छुः कप्तान रोहित

लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताएका छन्। मंगलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताए। उनले समय राम्रो चलिरहेको जिकिर गरे।

“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ। ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु। बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाहिँ सकारात्मक हो मेरो लागि। यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भने, “समय राम्रो चलिरहेको छ। गुडलाई ग्रेटमा कन्भर्ट गर्न प्रयास गरिरहेको छु।”

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    skapa ett binance-konto

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/futures/ref?code=QCGZMHR6

    Comment Author

    b”asta binance h”anvisningskod

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित
एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित
विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो
विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त
ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप