राष्ट्रपति भण्डारी किन गइन् कतार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी किन गइन् कतार ?

सारांश

  • काठमाडौं, १२ कात्तिक।
  • राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गरेकी छन।
  • राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन्।

काठमाडौं, १२ कात्तिक। राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गरेकी छन।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरेका थिए। राष्ट्रपति भण्डारीलाई विदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो।

कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो। यस अघि प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि कतारको राजकीय भ्रमण गरेका थिए। झण्डै चार लाख बढि नेपालीहरु कार्यरत रहेको कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको सम्बन्ध र सहयोगलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । राष्ट्रपति भण्डारीले त्यस क्रममा कतारका अमिर तमिमसँग औपचारिक भेटवार्ता गर्ने छिन्। त्यसक्रममा उहाँले त्यहाँ रहेका नेपाली व्यवसायी र समुदायसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च सरकारी अधिकृतहरु सहभागी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?