ओशो समय भन्दा धेरै अघि थिए: प्रधानमन्त्री ओली
सारांश
- काठमाडाै, १८ वैशाख ।
- बुद्ध पूर्णिमाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको उद्घाटन गरेका छन् ।
- लुम्बिनीको मुख्यद्वारबाट १ किमी पश्चिममा अवस्थित सो ध्यान आश्रममा प्रधानमन्त्री ओली अपरान्ह साढे दुई बजे पुगेका थिए ।
काठमाडाै, १८ वैशाख । बुद्ध पूर्णिमाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको उद्घाटन गरेका छन् ।
लुम्बिनीको मुख्यद्वारबाट १ किमी पश्चिममा अवस्थित सो ध्यान आश्रममा प्रधानमन्त्री ओली अपरान्ह साढे दुई बजे पुगेका थिए । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले प्रधानमन्त्रीलाई फूलको माला र खादा ओढाएर आश्रममा स्वागत गरेका थिए ।

ओशो सन्यासीहरूको भव्य अभिवादन ग्रहण गर्दै उद्घाटनको भावशब्द कोरिएको मार्वल पाटीलाई अनावरण गरी प्रधानमन्त्री ओलीले आश्रमको उद्घाटन गरे । सो कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित थिए भने उदघाटन कार्यक्रमबीच आश्रमको प्राङ्गणमा कलमी आँपको बिरुवा रोपी प्रधानमन्त्री ओलीले पानी हालेका थिए ।

करिब २ सय ओशो सन्यासीहरूबाट खचाखच भएको ध्यान हलमा सञ्चालित कार्यक्रममा उद्योगपती डा उपेन्द्र महतोले स्वागत मन्तव्य व्यक्त गरेका थिए । डा महतोले नेपालीहरू विदेशमा गई विद्या आर्जन गरेर आइरहेको वर्तमान परिप्रेक्षमा आश्रमका आचार्य स्वामी आनन्द अरुणले भने विदेशीहरूलाई ध्यान विद्या दिई राष्ट्रको साखलाई माथि उठाएको कुरा बताए ।

सो कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले ओशोको दर्शनले मानिसहरूलाई अझ चेतनशील हुन सघाएको र आफुले ओशो साहित्यबाट धेरै कुराहरू सिकेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्तव्य व्यक्त गर्दै ठट्यौली पारामा आफुले न कुनै आर्थिक न कुनै भौतिक सहयोग गरेको तर बडो मेहनेत र तपस्याले ओशो सन्यासीहरूले खडा गरेको यो सुन्दर आश्रमको उद्घाटनको श्रेय भने आफुलाई मिलेको बताए ।
बुद्धले जे देखे त्यही भने र तत्कालिन समाजले बुद्धलाई लखेट्न खोज्यो, उनको मन कलुषित थिएन त्यसैले विरोध गर्नेहरू विस्तारै विलाएर गए, तर बुद्ध आज जहाँका त्यहीँ छन् र शान्तिकामी व्यक्तिका पुज्यनिय भएका छन् भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने– ‘ओशोले पनि जे देखे त्यही भने, त्यसको मुल्य पनि राम्ररी नै चुकाए, दशौं देशहरूले उनलाई छिर्नै दिएनन् । उनको पनि कुनै स्वार्थ थिएन । प्रज्ञाचक्षुले देखेको कुरा निर्भिक भएर उनले कडा शब्दमा व्यक्त गरे । कुनै गुलियो आवरण लगाएर ओशोले कुरा गरेनन् । ओशो समय भन्दा धेरै अघि थिए । भएको कुरा उनले बताए ।’ उनले यस्ता कम्युनहरू मिलेको मनबाट मात्र सम्भव रहेको भन्दै कम्युनहरूको प्रगतिको कामना गरे ।
ओशो तपोवनका संस्थापक आचार्य स्वामी आनन्द अरुणले नेपालमा १२ वटा ओशो कम्युन, नेपालमा मात्र १ सय ओशो ध्यान केन्द्रहरू तथा ९० हजार ओशो सन्यासी रहेको र लाखौँ ओशोप्रेमीहरूले राष्ट्र विकासको कामनासँगै आन्तरिक रुपान्तरण ध्यानलाई दैनिक जीवनमा लागू गरेको बताए । स्वामी अरुणले आगामी वर्ष बुद्ध पूर्णिमालाई राष्ट्र मात्र होइन अन्तर्राष्ट्रिय महोत्सवको रुपमा मनाउने प्रधानमन्त्रीको प्रस्तावको स्वागत गरे ।
Justin Biral
? ℓσνє? тнє☺ ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?