मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

सारांश

  • मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
  • मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायत सरकारी कार्यालय, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, मलेसिया र नेपालबीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, यात्रा व्यवसायी, होटल सञ्चालक, उद्योगी तथा व्यापारिक वर्गका साथै स्थानीय सञ्चारकर्मीको सहभागिता रहेका नेपाली दूतावासले जनाएको छ ।
  • त्यस अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताउनुभयो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायत सरकारी कार्यालय, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, मलेसिया र नेपालबीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, यात्रा व्यवसायी, होटल सञ्चालक, उद्योगी तथा व्यापारिक वर्गका साथै स्थानीय सञ्चारकर्मीको सहभागिता रहेका नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताउनुभयो । उहाँले पर्यटनको विकासका लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानवस्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?