विश्वकप छनोट : नेपाल र लाओसबीच बराबरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
२० पटक हेरिएको
Shares
विश्वकप छनोट : नेपाल र लाओसबीच बराबरी

सारांश

  • काठमाडौं ।
  • विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
  • त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।

काठमाडौं । विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।

खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?