१८ हजारको चिरफार गरेका एउटा बिरामि ! एलोपेथिक सम्भव नभएपछि आयुर्वेदिक पद्दति अपनाइदै
सारांश
- काठमाडौं, २३ वैशाख ।
- आफैंले सुरु गरेको बाँसबारीको न्युरो अस्पतालको एउटा कुनामा छन्, उनी बिमारी !
- त्यस कुनामा भिआइपी आउँछन्, सहानुभुति दिन्छन् अनि फर्कन्छन् ।
काठमाडौं, २३ वैशाख । आफैंले सुरु गरेको बाँसबारीको न्युरो अस्पतालको एउटा कुनामा छन्, उनी बिमारी ! त्यस कुनामा भिआइपी आउँछन्, सहानुभुति दिन्छन् अनि फर्कन्छन् । मनभरी बिमार ठिक होस् भन्ने भावुकता ओठमा आइपुग्दा बन्दिन्छ आदर्श र भन्छन्,‘मरे पनि आफ्नै माटोमा मर्न पाउँ भनेर फर्किएँ ।’
६५ वर्षका पुगे, डा उपेन्द्र देवकोटा । जीवनभर कमाएको अब्बलताको प्रतिफलमा उनले भीआइपीको सहानुभुति पाइरहेका छन् त्यहि बिमार बेडमा । घर बसेका छैनन् । पित्त थैलीको क्यान्सर छ उनलाई । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनको स्वास्थ्य अवस्था पुगेका थिए ।
बेलायत गएका बेला सडकमा एकाएक लडेपछि उनको यो बिमार खुल्यो । लामो समय उनी त्यहाँ उपचारका लागि बसे । ३० वर्षदेखि यहि पेशामा अब्बल डा देवकोटाले धेरै बुझेका छन् । त्यसकारण बेलायतलाई नै छाडेर काठमाडौं आए ।
धेरैका शरिर चिरफार गरेर तन्दुरुस्त बनाएका देवकोटाको चिरफार कति सफल भयो ? यसको उत्तर छैन । जति भयो उनका भावुकतामा देखिएको परिवर्तनले संकेत गरिरहन्छ ।
एसियाकै चर्चित न्युरोसर्जन हुन् । करिअरको ३२ वर्षमा १० लाख मानिसका रोग अध्ययन गरे । जाँचे । ठिक पारे । कोही–कोही बिमारले थलिएकालाई काउन्सिलिङ गरे । बाँच्नुपर्छ भन्ने मनोबल बाँडे ।
डा। देवकोटा विद्यालय, कलेज र चिकित्साशास्त्रको अध्ययनमा सँधै अब्बल भए । २५ वर्ष नेपालको पुरानो अस्पताल वीरमा ‘विरता’को काम देखाए ।
जुन काममा आफ्नो सपनाको पोको बाँधिएको हुन्छ, त्यसैमा लाग्नुपर्छ भन्ने प्रेरणाका स्रोत पनि हुन्, देवकोटा । उनी सानै देखि डाक्टर बन्ने सपनासँग तैरिरहेका रहेछन् । जीवनका पूर्वाद्धहरूलाई केही वर्ष अघि मिडियामा उनले खुलाएका थिए ।
बुबा होमनाथ कविराजले पुर्याएको सेवा देखेपछि उनको बाल दिमागमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पाउलियो । एकैपटक कक्षा २ मा भर्ना भएका उनी पाँच कक्षादेखि गोरखाको अमरज्योति मावि लुइटेल भर्ना भए । पाठ्यक्रमबाहिरको ज्ञानमा सहपाठीभन्दा उनी निकै अगाडि थिए ।
तर्क खोज्न उनले थुपै्रं संस्कृतका श्लोक खोज्थे । पहिलोपटक कक्षा ६ मा पढ्दापढ्दै विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा उनले १० कक्षासम्मका सबैलाई उछिने ।
त्यो मेहनत र क्षमताले गर्दा विद्यालय तहमै उनको क्षमता धेरै माथिल्लो स्तरको भयो । एसएलसीमा उनी बोर्डमा परे । बहुविषय पढाईका कारण बुझाईको स्तर धेरै माथि थियो । तर एसएलसीमा केही विषयमा कमै नम्बर आयो ।
उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच नै उनको थियो ।
बाल्यकालदेखि नै सिद्दान्तप्रतिको निष्ठामा उनी कहिल्यै डग्मगाएनन् । बरु उनी तिरस्कार, कष्ट भोग्न तयार भए । अहिले पनि उनी आफूलाई ठूलो बनाउन औकात भुल्नेको ठूलो जमात भेट्छन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए ।
बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो । तर त्यहाँका विलासिताले तानेन । उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो । नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर फर्कियो । उनलाई अहिले पनि त्यो दिन सम्झदा गर्व महसुस हुन्छ । रातदिन नभनी काम गरे । लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीर अस्पतालमा गरेका छन् ।
१० वर्षपछि नै नेपालमा उनकै अगुवाईमा १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो । संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए । वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए । सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले प्रशंशा गरेको थियो ।
अनुभवले खारिएका उनलाई बिरामीको रोग थाहा पाउन सक्षम चिकित्सकलाई घण्टौ लाग्छजस्तो पनि लाग्दैन । ‘बिरामीभित्र छिर्दा नै रोग पत्ता लगाउन सकिन्छ’, उनले भन्ने गरेका छन् ।
जीवनको उत्तरार्धतिर छन् उनी । धेरैको अनुहार हेरेर रोग पत्ता लगाउने देवकोटालाई आफ्नै पीडा पत्ता लगाउन सडकमै ढल्नुपर्यो । अरूलाई सहानुभुति दिएर जीवनसँग लड्न सिकाउने उनी आफैं सहानुभुति लिएर जीवनसँग लडिरहेका छन्– एमडीको कुर्सी भन्दा अलिक तल बिमारीको कोठामा, सघन कक्षमा, जुनियरहरूको उपचार कस्टडीमा ।
एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि आयुर्वेदिक पद्दति
एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटाको आयुर्वेदिक पद्दतिबाट उपचार थालिएको छ। यस सम्बन्धी जानकारी डा देबकोटाले राष्ट्रपति विद्यादेबी भण्डारीलाई समेत गराएका छन्।राष्ट्रपति भण्डारी शनिबार बिहान डा देबकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन्। त्यसक्रममा डा देबकोटाले भण्डारीसँग भनेका थिए, ‘नेपाल आएपछि आयुर्वेदिक औषधिपनि प्रयोग गर्न थालेको छु।’
जानकारी अनुसार, न्यूरो अस्पतालका अलावा डा देबकोटाले अहिले आयुर्वेदिक डाक्टर ऋषिराम कोइरालाको सल्लाहमा आयुर्वेदिक पद्दतिबाट उपचार गराइरहेका छन्। डा कोइराला सिंहदरबार बैद्यखानाका पूर्व प्रमुख हुन्।
आधुनिक चिकित्सापद्दतिका चर्चित र सिद्धहस्त चिकित्सक भएपनि डा देबकोटा परिवारको आयुर्वेदसँग पुरानो सम्बन्ध छ। डा देबकोटाका पिता स्व होमनाथ देबकोटा आयुर्वेदका प्रसिद्ध डाक्टर थिए।
बेलायतबाट फर्केपछि आफ्नो स्वास्थ्यमा निकै सुधार भएको जानकारी पनि उनले राष्ट्रपति भण्डारीलाई दिएका थिए। राष्ट्रपति भण्डारीसँग उनले भनेका थिए, ‘बेलायतमामा छँदा हरेश खाएको थिएँ, यहाँ आएपछि उत्साहित भएको छु।’
स्वास्थ्यलाभको कामना गर्दै आफूलाई भेट्न आउनेहरुसँग डा आफूलाई कुनै रोग नै नलागेको जसरी प्रस्तुत हुने गरेका छन्। क्यान्सरसँग जुधिरहेका उनले उच्च आत्मबल देखेर भेट्न जानेहरुपनि छक्क पर्ने गरेका छन्।
Vijay Rai
get well soon
Anil Prasai
Get well soon
Rina Panta
Get well soon
Meera Heju
जे भए पनि उपचार सम्भव भयो र रोग निको हुन्छ भने आयुर्वेदको उपचार किन नगर्ने ?
Krishna Chapagain
Miracle bhaideos,Nepali Ayurvedko sansarbhar jhyalipitinexa, jayajayakar hunexa, chamkinexau,testo hola ta ?
Suseeta Shrestha
God bless u dr sap
Ajit Sharma
हैन ,त्याे राई या लिम्बू के हाे तेस्काे उपचार लिउँ पैसा केही हैन नी
Kishori Karki
Je garda ramro hunxa tyo garnu parxa .
Shiva Pd Mishra
Get well soon
Sharada Upreti
Get well soon dr sab
Satya Satya
Get well soon
Krishna Maharjan
Get well soon we need you every second
Shashi Kala Bastola
Get well soon
Rohan Tusuju
Geat well soon
Narayan Sedhai
शिघ्र स्वास्थ्य लाभको कामना!!!
Arjun Joshi
शिघ्र स्वास्थ्य लाभको कामना ।
Bhuma Sharma
Get well soon
Rashmi Joshi
Dr lai niko hos je dabai bhaye ni pb xina hamro des Dr devkota ko kha ho xa pray garau sabi mili kati bimari dabai bhanda duwa le ni think hunxa sai bless you dr devkota
Seeta Bhandari
अायुर्वेद पद्धतिले डाक्टर सवकाे राेग निकाे हाेस । हे पशुपतिनाथ रक्षा गर
Kalyan Bista
Get well soon doctor sab
Laxmi Rai
get well soon dear Doctor ….
Balkumari Bhattrai
हो हो आयुवेद पध्द्तिले ड्क्टर्को रोग अबसे निको हुन्छ दबा गर्नु होस है ड्क्टर सहेब
Shakun Sharma
जसरि होस, जे गरि होस, तर निको होस्
Saraswoti Dhakal Adhikari
get well soon dr.
Maya Kandel
तिन करोड नेपालीको आशीर्वाद लागोस्। सिघ्र स्वास्थ्य लाभ होस्। यो देशलाई डा .देवकोटाको खाँचो छ।
Ambika Koirala Shahi
सारालाई जीवन दान दिने मानिसकाे जिवनकाे रक्षा भगवानले गरून् । चमत्कार हाेस् । सिघ्र स्वास्थ्य लाभकाे कामना
Raj Gnawaly
विस्वास गनुॅस् आत्मावल वढाऊनुस् आयुवेॅद पनि पहिलो विधा हो त्यस्को असर अवस्यमेव राम्रो छ।सुरक्षित छ।खानामा स्याऊ र जमराको रस पनि रेगुलर गनुॅस् अनि सक्दो ध्यान।पोजीटिभ् थिङ्गकिन …..
Mani Bahing
पित्ता थैलित कातेर फालेभोनित
Balaram Jaisi Gadtaula
3करोड नेपालिहरूको माया, 33कोटी देवदेविहरूको आशीर्वाद साथै स्वयम आफैले बचायका 10औ लाख मानिसहरूको पुनर्जन्मका महान गुरू डाक्टर उपेन्द्र देवकोटा ज्यू को अग्रिम स्वास्थ्य लाभको कामना गर्दछु।
Tirtha Deukota
get well soon.
Bishnu Bhattarai
Getwell well soon sir ???we need you ?
Ganga Prasad Tiwari
Sahasko thulo khacho6
Durga Dawadi
Good initiations
Chola Khadka
dhukka hunuhos dr sab 10 barsa ajhai khi hunna aaram ka sath baanuhoos
Megh Bdr Adhikari
Get well soon Dr.
Sushil Budha
Get well soon doctor sab
Nabin Lamichhane
Get well soon
Chakra Shahi
Getwell soon
Janu Sharma
Get well soon
Padam Rai
उपचार सफल होस
Bhimbahadur Thapa
God please help him, Getwell soon Dr. Sap.
Sharmili Tamang
साह्रै पिडादायी बोध हुन्छ । सिग्र स्वस्थ लाभको कामना।